नायिका केकी अधिकारी चलचित्र क्षेत्रमा आउनु अगाडि प्रेममा थिइन् । तर, उनको प्रेम चलचित्र क्षेत्रमा प्रवेश गर्दासम्म टुट्यो । आखिर, प्रेम के कारणले गर्दा टुट्छ ? अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा केकीले प्रेम, जीवन र विछोडको कुरा गरिन् । आफ्नो जीवनमा कतिपय गोप्य कुराहरु पनि उनले खोलिन् ।
केकीका अनुसार एक अर्कालाई नवुझ्दा प्रेम टुट्छ । उनको पनि जीवनमा यस्तै भयो । केकीलाई अहिले लाग्छ कि, त्यो अल्लारे उमेरमा गरेको प्रेम थियो ।
केकी र माधव वाग्लेसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
पौष २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लभ सासा’मा केकी प्रेमको कुरा गर्दैछिन् । यसैले हामीले कुराकानी पनि प्रेमको वरिपरी रहेर गर्यौ । यो चलचित्रमा नायक कर्माले उनलाई साथ दिएका छन् । चलचित्र ‘सानो संसार’ हेरेपछि केकीको कर्मासँग त क्रस नै भएको रहेछ ।
केकीले भनिन्-‘मलाई त कर्मासँग लभ नै पर्ला जस्तो लागेको थियो ? पहिलो पटक भेट्दा त के भन्ने, कसरि बोल्ने भन्ने नै भएको थियो ।’ केकी अब आफ्नो जीवनमा जो यूवक आएपनि, उसैसँग बिहे हुने बताउँछिन् । भन्छिन्-‘अब त उमेर पनि भयो नि ।’
केकीसँग ‘मस्ती टक’मा निर्माता माधव वाग्ले कुरा गर्न अग्रसर भए । माधव वाग्लेको जीवनमा पनि थुप्रै पटक प्रेम भएको रहेछ । उनले भने-‘मेरो पहिलो प्रेम एसएलसी दिएपछि भएको थियो । एउटी केटीलाई ८ बर्ष एकहोरो प्रेम गरेँ ।’ तर भन्न सकेनन् । भने-‘मदेखि सारा विरगञ्ज डराउथ्यो, तर त्यो केटीसँग म डराएँ ।’
यसपछि, उनले जीवनमा धेरै पटक प्रेम भएको सुनाए । माधवले चलचित्र ‘फस्ट लभ’को कथा आफ्नै जीवनको कथा भएको समेत खुलाए । तपाइलाई केकी र कर्मामा को रोमान्टिक लाग्यो भन्ने प्रश्नमा माधवले भने-‘कर्मा सेक्सी छ ।’