+
+

 अनैतिक क्रियाकलापमा संलग्न जोडी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २२ गते १३:५१

२२ चैत, काठमाडौं । भक्तपुर प्रहरीले ठिमीको राधेराधेस्थित एक रेष्टुराँमा अनैतिक क्रियाकलापमा संलग्न भएको आशंकामा  ७ जनालार्इ पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटि गएको प्रहरी टोलीले राधे राधे स्थित शुभ रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा छापा मारेको थियो ।

रेष्टुँरामा चेकजाँच गर्दा गेष्टहाउसको पहिलो तलाको कोठाबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आशंकामा  ४ जना महिला र ३ जना पुरुषलार्इ पक्राउ गरिएको प्रहरी निरीक्षक दिलबहादुर सुबेदीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?