३० चैत, काठमाडौं । पोखराको चुनावी सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले र राप्रपाको चर्को आलोचना गरेका छन् ।
उनले एमालेमाथि जनतामा भ्रम छरेको र विकास विरोधी भएको आरोप लगाएका छन् । कांग्रेस नेता पौडेलले भने, ‘एमाले पार्टीको कामा जनतामा भ्रम छर्नु मात्र हो ।’
एमाले विकास विरोधी पार्टी भएको भन्दै उनले अघि भने, कति सय मेगावाटको अरुण तेस्रो बनाउन पाएको भए भारतलाई विजुली बेचेर कति कमाउन सक्थ्यौं ।’
एमालेले सँधै उल्टो काम गर्ने परेको भन्दै उनले हिजो रेलिङ तोडेर काम गर्न नदिएको र अहिले कांग्रेसले केही गर्न नदिएको आरोप पौडेलले लगाएका छन् ।
उनले राप्रपाको पनि चर्को आलोचना गरे । गाई देखाएर झुक्याउँदा भन्दै उनले भने, ‘जनताले बढारेर फलिदिएको राप्रपा फेरि कहाँबाट आयो ?’
मधेसी मोर्चाले चुनाव बहिस्कार गर्यो भने संघीयता नै खतरामा पर्ने भन्दै उनले ‘संघीयता नै खतरामा पारेर तपाईहरु हिरो बन्ने ?’ भन्ने प्रश्न गरेका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले कांग्रेसले मात्र देशको विकास गर्न सक्ने दाबी गरे । उनले भने, ‘देशलाई विकासको मञ्जिलमा पुर्याउँछौं । प्रदेश नम्बर ४ लाई सुनको टुक्रा बनाउँछौं ।’
प्रतिक्रिया 4