+
+

गोरखामा ‘स्वर्णिम समय’ को परिचर्चा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १८ गते १८:५४

गोरखामा पत्रकार/लेखक दामोदर न्यौपानेको पुस्तक ‘स्वर्णिम समय’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

गोरखा नगरस्तरीय बालक्लब सञ्जालले आयोजना गरेको कार्यक्रममा शिक्षिका वृहस्पती गिरीले पुस्तकले शिक्षक र अभिभावकको पुस्तकले ध्यानाकर्षण गरेको बताइन् ।

‘सबै व्यक्ति सुखी परिवारमा जन्मेका हुँदैनन्’, उनले भनिन्, ‘दुखी परिवारमा जन्मिएका पनि संघर्ष गरेर सफल हुन सकिन्छ भन्ने उदाहरण यो पुस्तकले दिएको छ । स्वर्णिम समय शिक्षक, कर्मचारी सबैले पढ्नु पर्छ ।’

बालअधिकार अभियन्ता पवित्रा भट्टराईले भनिन्, ‘न्यौपानेका पुस्तक प्रेरणादायी छन् ।’ इन्जिनियर तथा बालअभियन्ता गणेश गिरीले लेखकले जीवित मान्छेका अनुभव लेखेर सफल र असल मान्छेको जीउँदैमा सम्मान गरेको प्रतिक्रिया दिए ।

पुस्तकमाथि बहिरा बालबालिकाले पनि चर्चा गरेका थिए । मनकामना बहिरा विद्यालयमा कक्षा ८ मा पढ्ने प्रताप थापामगरले पुस्तकले सबै क्षेत्रका मानिसलाई समेटेको र गहिराइमा पुगेर लेखिएको प्रतिक्रिया दिए ।

उनको भनाइको दोभाषे शिक्षिका वृहस्पती गिरीले सांकेतिक भाषामा उल्था गरिदिएकी थिइन् ।

लेखक न्यौपानेले तुलनात्मक रुपमा असल र सफल व्यक्तिको बाल्यकाल र बालापन पुस्तकमा समेटिएको पुस्तक बालबालिकाको लागि प्रेरणादायी बन्न सकोस् भनेर पुस्तक ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?