९ जेठ, काठमाडौं । चार महिनाअघि राजधानीको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य आरोपित शैलेश कार्कीलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधिश भिष्मराज प्रसाईँको एकल इजालसले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए ।
कार्कीलाई केन्द्रीय कारागार, सुन्धारामा पठाइएको जनाइएको छ ।
घटनामा संलग्न अन्य प्रतिवादीहरु विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेल अझै फरार छन् । उनीहरुलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको थियो ।
यो पनि पढ्नुस्
दरबारमार्ग काण्डः ‘ब्वाइफ्रेण्ड’कै सहयोगमा बलात्कार ?
दरबारमार्ग बलात्कार प्रकरण: डीएसपी र इन्सपेक्टर नै छानबिनमा तानिए
दरबारमार्ग बलात्कार प्रकरण : इन्स्पेक्टर थुनामा, युवती ‘फरार’
दरबारमार्ग बलात्कार प्रकरणमा नयाँ मोडः पीडित युवतीले फेरिन् बयान
प्रतिक्रिया 4