१५ असोज, काठमाडौं । दशककै उत्कृष्ट फुटबलर मानिए पनि लियोनेल मेस्सीमाथि राष्ट्रिय टोलीबाट अपेक्षित राम्रो नखेलेको आरोप बेलाबेला लाग्ने गरेको छ । रुस विश्वकपमा अर्जेन्टिना पि्र-क्व्ाार्टरफाइनलबाटै बाहिरिएपछि उनीमाथि थप प्रश्नहरु उब्जेका छन् ।
यसैबीच, अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनाले लिओनल मेस्सीलाई फेरि अर्जेन्टिनाका लागि नखेल्न सुझाव दिएका छन् ।
एउटा अन्तरवार्तामा म्याराडोनाले भने, ‘यदि यू-१५ टिमले हार्यो भने पनि मेस्सीलाई दोष दिइन्छ । म उनलाई भन्छु अब (देशका लागि) नखेल । यदि उ (अर्जेन्टिना फुटबल संघ) बहादुर छ भने हेरोस् ।’
रुस विश्वकपको असफलतापछि मेस्सीले अन्तराष्ट्रिय करिअरबारे केही बोलेका छैन्न् ।
म्याराडोना भन्छन्, ‘सबैले उनलाई सन्देश पठाऔं कि विश्व च्याम्पियन नहुनुमा उनी दोषी छैनन् ।’
प्रतिक्रिया 4