Comments Add Comment

आईपीएल: यसपटक पनि होला त ‘धोनी… धोनी…!’

कोहलीको आरसीबी झनै बलियो !

काठमाडौं । स्टेडियममा अट्नेसम्म दर्शक, सबै धोनी… धोनी भन्दै उफ्रिरहेको दृश्य गएको ११ वर्षदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नईमा देखिएकै थियो ।
आउँदो शनिबार सुरु हुने १२ औँ सिजनको आईपीएलको पहिलो खेल चेन्नईकै चिदम्बरम स्टेडियममा चलिरहँदा पनि यस्तै गरी धोनीको खेलमय जादुमा दर्शक मग्न होलान् त ?

पहिलो खेलमा नै बेलुकी सवा ८ बजे धोनीको चेन्नई सुपर किंग्स र विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंगलोरबीच हुँदै छ । धोनीलाई चेन्नईको स्टेडियममा आएका ४० हजार दर्शकले मात्रै होइन टेलिभिजनको पर्दामा नियालिरहेका लाखौँले पनि ठूलो सट हानेको हेर्न चाहन्छन् ।

हुन पनि तीन पटक उपाधि जिताइसकेका धोनी जति सफल विश्वकै महँगो पि्रमियर लिग आईपीएलमा अरु को होला र ! चेन्नईले खेल आफ्नो पक्षमा पार्ने ठूलो हतियार धोनी नै देखिँदै आएका छन् । तर यसअघि मैदानमा धोनीले जति खेल देखाइरहेका थिए यसपटक केही कमि होला कि भन्ने शंकामा क्रिकेट विश्लेषकहरु छन् ।

हुन त चेन्नईको जितमा एक खेलाडीलाई मात्रै केन्द्रमा राखेर हेर्नु पनि अन्याय नै हुन्छ । प्रतिभाशालि खेलाडीहरुको समूहले नै चेन्नई अगाडि बढिरहेको दुईमत छैन । गएको सिजनलाई हेर्दा पनि चेन्नईले जितेका खेलमा फरक फरक खेलाडी हिरोको रुपमा उदाएका थिए ।

सम्भावित ११ – सेन वाटसन, फाफ डु प्लेसिस, सुरेश रैना, अम्बाति रायडु, एमएस धोनी, केदार जादव, डायन ब्राभो, रविन्द्र जडेजा, मिचेल स्यान्टनर, हरबजन सिंह, मोहित शर्मा ।

अरु खेलाडी – करन शर्मा, शार्दुल ठाकुर, लुंगी एनगिडी, दीपक चाहर, मुरलि विजय, साम बिलिङ्ग्स, इमरान ताहिर, डेभिड विले, धुब्र सोरे, एन जगदिसन, रुतुराज गाइकवाड, चैतन्य विश्नोइ, मोनु कुमार, केएम आशिफ ।

आरसीबी झनै बलियो !

इतिहासदेखि नै हेर्दा आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको टिममा विश्वकै उत्कृष्ट ब्याट्सम्यानहरु सुरुवाति क्रममा देखिन्छन् । उनीहरुको ब्याटिङ सुरुमा चलेन भने मिडिल अर्डरमा ध्वस्त भएका धेरै अवस्था छन् ।

सन् २०१५ पछिको आईपीएललाई हेर्ने हो भने सुरुवातमा आरसीबीले बनाएको रनरेट तुलनात्मक रुपमा केही कम छ । तर सुरुवाती विकेट जोगाएकैले होला मध्यक्रममा भने आरसीबीले ८.९२ को रेटमा रन हानेको छ जुन यो अवधिकै सर्वाधिक हो ।

क्वान्टन डि कक टिमबाट बाहिरिएपछि यो सिजन आएका वेस्ट इन्डिजका सिमरोन हेटम्यर र अस्ट्रेलियाका मार्कस स्टोइन्सले मध्यक्रममा पनि उस्तै धुँवादार ब्याटिङ चल्ने विश्वासमा आरसीबी रहेको छ ।

अझ आईपीएलमा उत्कृष्ट देखिइरहेका स्पीनर युजभेन्द्र चाहल पनि आरसीबीमा नै रहेकाले पनि ढुक्क भएर खेल्न सक्ने आश बढेको देखिन्छ । चाहले आईपीएलमा खेलेको ५४ खेलमै ७० विकेट लिइसकेका छन् ।

धेरै त अलराउण्डर नै भएको आरसीबी टिमलाई सन्तुलन मिलाउन भने सहज देखिँदैन ।

सम्भावित ११ – पार्थिव पटेल, मार्कस स्टोइनिस, विराट कोहली, एबीडी भिलियर्स, सिमरोन हेटम्यर, शिवम दुबे, नाथन कोल्टर नाइल, वासिङटन सुन्दर, उमेश यादव, युजभेन्द्र चाहल, मोहम्मद सिरज ।

अरु खेलाडी – देवदत्त पाडिकल, हेनरिच क्लासेन, हिम्मत सिंह, कोलिन डि ग्रान्डहोम, मोइन अलि, पवन नेगी, मिलिन्द कुमार, गुरक्रित सिंह मान, प्रयास ब्राम्हण, अक्षदिप नाथ, नवदिप सैनि, कुलवन्त खेज्रोलिया, टिम साउथी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment