Comments Add Comment

एएफसी कप : अबहानीसँग हार्‍यो मनाङ

Photo Credit : एएफसी

२० चैत, काठमाडौं । घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब एएफसी कप अन्तर्गत समूह ‘ई’ को आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मनाङ बंगलादेशको ढाका अबहानीसँग १-० गोलअन्तरले पराजित भएको हो । अबहानीको जितमा मासिह साइघानीले निर्णायक गोल गरे ।

खेलको २८औं मिनेटमा साइघानीले हेडर गोल गर्दै अबहानीलाई अग्रता दिलाए । उनले रुबेल मियाले दिएको क्रस पासमा गोल गर्न सफल भएका थिए ।

एक गोल खाएपछि मनाङले खेल आक्रमक खेलेको थियो । तर गोल गर्न सकेन । पहिलो हाफमा १-० गोलले पछि परेको मनाङले दोस्रो हाफमा गोल गर्ने केही अवसर खेर फालेपछि बराबरी बनाउनबाट चुकेको थियो ।

होम एन्ड अवेको आधारमा भएकोे छनोटको समूह ‘इ’ मा मनाङसँगै, बंगलादेशको ढाका अबहानी, भारतका दुई क्लब मिनर्वा पञ्जाब र चेन्नाईयीन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment