+

हङकङलाई हराउँदै नेपाल फाइनलमा

२०७६ वैशाख  १४ गते १३:४९ २०७६ वैशाख १४ गते १३:४९
हङकङलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका आशिष भट्टराईले १७ रन बनाए भने रोहन दुधराज विकले १४ रन बनाउँदा क्रिस कार्की १२ रनमा अनआउट रहे ।

यसअघि हङकङले आरुष भागवतको नटआउट ४३ रनको मदतमा ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । भागवतले ८३ बलको समना गर्दै नटआउट ४३ रन बनाउँदा अरु ब्याट्सम्यानले भने दोहोरो अंक समेत जोड्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा निखिलकुमार सिंह एक्लैले चार विकेट लिएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय