+

भ्यालेन्सियामाथि आर्सनलको सहज जित

२०७६ वैशाख  २० गते ६:४४ २०७६ वैशाख २० गते ६:४४
भ्यालेन्सियामाथि आर्सनलको सहज जित

२० वैशाख, काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा जित हात पारेको छ ।

घरेलु टोली आर्सनलले बिहीबार राति भएको खेलमा स्पेनिस क्लब भ्यालेन्सियालाई ३–१ गोल अन्तरले पराजित गर्न सफल भएको हो । एलेक्जेन्डर लाकाजेट्टीले दुई र पियरी एम्रिक अबुमियाङले एक गोल गर्दै आर्सनललाई जित दिलाए । भ्यालेन्सियाका लागि मोक्टर डियखाबीले गोल गरे ।

सुरुवाती अग्रता भने भ्यालेन्सियाले लिएको थियो । खेलको ११औं मिनेटमा डियखाबीले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर यो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको १८ औं मिनेटमा एलेक्जेन्डरले गोल गर्दै आर्सनललाई बरारबी दिलाएका थिए । उनले फेरि अर्को गोल खेलको २५औं मिनेटमा गरेसँगै आर्सनलले २–१ गोलको अग्रता बनाएको थियो ।

उनकै गोलमा आर्सनलले पहिलो हाफसम्म २–१ गोलको अग्रता लिएको थियो । आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्दै ३–१ गोलको जित दर्ता गरेको हो । खेलको ९० औं मिनेटमा अबुमियाङले गोल गर्दै ३–१ को जित दिलाएका हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय