+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

प्रहरीले लुटेरालाई खुट्टामा गोली हानेर समात्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते १५:२६

२४ जेठ, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई समात्न गोली चलाएको छ ।

बौद्धको अत्तरखेलमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको हो ।

महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार तामाङको खुट्टामा गोली लागेको छ । ‘हतियार देखाएर लुटपाट गर्ने समूहका ४ जना पक्राउ परेका थिए’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापाले अनलाइनखबरसँग भने, ‘समूहका सदस्य मध्ये फरार रहेका तामाङलाई बौद्धबाट नियन्त्रणमा लिएका हौं ।’

प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको थापाले बताए । उनको वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

हतियार देखाएर लुट्ने गिरोह

महाशाखाका एसपी ओम अधिकारीका अनुसार उपत्यकाको सुन पसल, मनी एक्सेञ्ज लगायत वित्तिय संस्थामा तामाङको समूहले हातहतियार तथा खुकुरी देखाएर लुटपाट गर्ने गरेको थियो ।

४ जेठमा यो समूहले जोरपाटीमा बुद्धराम सुनारले चलाएको भिमेश्वर सुन चाँदी पसलमा लुटपाट गरेका थिए ।

‘खुकुरी र फलामको रडसहित हतियार लिएर सञ्चालकलाई बन्धक बनाइ उनीहरुले काउन्टरमा रहेको नगद ८० हजार रुपैयाँ लुटेका थिए’, अधिकारीले भने, ‘अन्य ठाउँमा पनि उनीहरुले यही शैलीबाट लुटपाट गर्ने गरेको देखिएको छ ।’

समूूहका धराने भनिने नितेस तामाङ, मुन्द्र भनिने अजय घ्यावा तामाङ, बाहुन भनिने रुपेश चौंलागाई र जिग्री भनिने मकवानपुरका भिमराज थिंङ यसअघि नै पक्राउ परिसकेका छन् ।

उनीहरुले कसुर स्वीकारिसकेको अधिकारी बताउँछन् ।

घाइते तामाङ । तस्वीरः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?