११ साउन, काठमाडौं । कार्लोस परेजको दोस्रो हाफको दुई गोलको मदतमा बार्सिलोनाले जापानी क्लब भिसेल कोबेमाथि जित हात पारेको छ ।
शनिबार भएको खेलमा बार्सिलोनाले आन्द्रे इनिस्टा रहेको जापानी क्लबमाथि २-० को जित निकालेको हो । कोबेमा बार्सिलोनाका पूर्व खेलाडी डेभिड भिडाका साथै सार्गी साम्पर पनि थिए ।
इनिस्टाले सुरुको चौथो मिनेटमा नै आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्ने मौका गुमाए । बार्सिलोनाले पनि थुप्रै अवसर खेल फल्यो । तर दोस्रो हाफमा पेरेजले दुई गोल गर्दै टिमलाई जिताएका छन् ।
प्रतिक्रिया 4