+

उपाधि होडमा सिटी र लिभरपुल मात्र हुँदैनन् : हेन्डरसन

२०७६ साउन  १७ गते ११:३७ २०७६ साउन १७ गते ११:३७
उपाधि होडमा सिटी र लिभरपुल मात्र हुँदैनन् : हेन्डरसन

लिभरपुलका कप्तान मान्छन् कि २०१९/२० को पि्रमियर लिगको उपाधि होड दुई टिमबीच मात्र हुने छैन ।

यो सिजन उपाधिका लागि लिभरपुलले म्यानचेष्टर सिटीका साथै अरु टिमसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने कप्तान जोर्डन हेन्डरसनले स्वीकार गरेका हुन् ।

गत सिजन अन्त्यसम्म लिभरपुल उपाधि होडमा थियो तर अन्तिम खेल जितसँगै सिटी च्याम्पियन बन्यो । उनले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

लिभरपुलले पनि च्याम्पियन्स लिग जित्यो । त्यसैले यो सिजन पनि लिगको उपाधि होडमा दुई टिम अगाडि रहने मानिएको छ । ‘हरेकले लिभरपुल र सिटीबारे कुरा गरेका छन् किनकी सिटीले लिग जित्यो । हामी पनि राम्रो रहृयौं र च्याम्पियन्स लिग जित्यौं’ हेन्डरसनले भनेका छन्, ‘तर हामीले अरु टिमलाई पनि हेर्नुपर्छ । उनीहरुले पनि सुधार गरेका छन् । प्रतिस्पर्धामा उनीहरु पनि छन् ।’

तर सिटीले लगातार दोस्रो पटक उपाधि जितेकाले उसलाई सम्मानपूर्वक हेर्नुपर्ने उनले बताए ।

यद्यपि आफ्नो टिममा रहेका खेलाडीहरु पनि लिगको उपाजि तित्न आतुर रहेको भन्दै उनले भने, ‘हामीसँग महान सिनियर खेलाडीहरु पनि छन् । अगाडि के छ, त्यसमा ध्यान दिनुपर्छ र सबै उपाधिका लागि चुनौती दिइरहनु पर्छ ।’

सिटी र लिभरपुल मात्र होइन, च्याम्पियन्स लिगको फाइनल खेलेको टोटनहृयामसँगै लिगको शीर्ष ६ मा रहेका सबै टिम उपाधि होडमा रहने अनुमान छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय