+

बुन्डेस लिगामा बोरुसिया डर्टमन्डको विजयी सुरुवात

२०७६ भदौ  १ गते ७:४४ २०७६ भदौ १ गते ७:४४
बुन्डेस लिगामा बोरुसिया डर्टमन्डको विजयी सुरुवात

१ भदौ, काठमाडौं । बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगा फुटबलमा विजयी सुरुवात गरेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बोरुसिया डर्टमन्डले अगस्बर्गलाई ५-१ गोल अन्तरको फराकिलो जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको डर्टमन्डले दोस्रो हाफमा चार गोल थप्दै जित हात पारेको हो ।

खेलको पहिलो मिनेटमा नै फ्लोरियनले गोल गर्दै अगस्बर्गलाई अग्रता लिदाएका थिए । तर खेलको तेस्रो मिनेटमा पाको अल्क्यासरले गोल गर्दै डर्टमन्डलाई १-१ गोलको बराबरी दिलाए ।

त्यस्तै खेलको ५१औं मिनेटमा जाडोन सान्चोले गोल गरे भने ५७औं मिनेटमा मार्को रिउसले गोल गरेपछि डर्टमन्ड ३-१ गोलको अग्रता बनाउन सफल भयो । ५९औं मिनेटमा अल्क्यासले अर्को गोल थप्दै डर्टमन्डलाई ४-१ गोलको अग्रता दिलाए । त्यस्तै, जुलियन ब्रान्डटले खेलको ८२औं मिनेटमा गोल गरेपछि डर्टमन्ड ५-१ गोलअन्तरले विजयी भएको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय