+

एग्युरोको दुई गोलसँगै सिटीको सहज जित

२०७६ भदौ  ८ गते २१:२५ २०७६ भदौ ८ गते २१:२५
एग्युरोको दुई गोलसँगै सिटीको सहज जित

काठमाडौं । सर्जिओ एग्युरोको दुई गोलसँगै म्याचेष्टर सिटीले पि्रमियर लिगमा बोर्नमाउथमाथि सहज जित हात पारेको छ ।

आइतबार भएको खेलमा सिटीले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बोर्नमाउथमा भएको खेलमा सिटीले १५ औं मिनेटमा एग्युरोको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफ सकिनै लाग्दा राहम स्टर्लिङले गोल गरे ।

पहिलो हाफको इन्जुरी टाइममा घरेलु टोलीका लागि हृयारी विल्सनले गोल गरे । तर दोस्रो हाफको ६४ औं मिनेटमा एग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे । यो उनको करियरको ४०० औं गोल समेत हो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय