+

यू–१९ एसिया कप क्रिकेट आजदेखि, नेपालको खेल भोलि

२०७६ भदौ  १९ गते ७:४० २०७६ भदौ १९ गते ७:४०
यू–१९ एसिया कप क्रिकेट आजदेखि, नेपालको खेल भोलि

१९ भदौ, काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ ।

एसिया कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । समूह ‘ए’अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीचको खेल आज हुँदैछ । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा आज भारतले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल भने समूह ‘बी’ मा रहेको छ । यो समूहमा आयोजक श्रीलंकासँगै नेपाल, बंगलादेश र यूएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । २२ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा यूएईविरुद्ध २४ गते प्रतिस्पर्धा गर्दैछ ।

टेष्ट नेशन राष्ट्रलाई पराजित गर्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय