+

राहानेले पनि बनाए शतक

२०७६ कात्तिक  ३ गते ११:४८ २०७६ कात्तिक ३ गते ११:४८
राहानेले पनि बनाए शतक

३ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेष्ट क्रिकेटमा भारतीय खेलाडी अजिंक्या राहानेले शतक प्रहार गरेका छन् ।

आइतबार विहान उनले दक्षिण अफ्रिकाविरुद्ध शतक बनाएका हुन् । उनले १९२ बलमा १७ चौका र एक छक्का प्रहार गर्दै ११५ रनमा आउट भए । राहानेको यो ११औं शतक हो भने २० अर्धशतक टेष्ट क्रिकेटमा बनाएका छन् ।

भारतका लागि यसअघि रोहित शर्माले शतक बनाएका थिए । अहिले पनि रोहित क्रिजमा छन् । उनी दोहोरो शतक नजिक रहेका छन् ।

भारतीय क्रिकेटको पारी सम्हाल्ने क्रममा रोहित र राहानेले मिलेर २६७ रनको साझेदारी गरे ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय