+

आयोजक यूएईको दोस्रो जित

२०७६ कात्तिक  ४ गते १९:१६ २०७६ कात्तिक ४ गते १९:१६
आयोजक यूएईको दोस्रो जित

४ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट क्रिकेटमा आयोजक राष्ट्र युएईले दोस्रो जित हात पारेको छ ।

शेख जायद रंगशालामा सोमबार भएको समूह ‘बी’ को खेलमा यूएईले हङकङलाई आठ विकेटले पराजित गर्दै आफ्नो तेस्रो खेलमा दोस्रो जित हात पारेको हो ।

११७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले १५.१ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । यूएईका लागि रमिज शाहजादले ५४ रन बनाउँदै अर्धशतक पूरा गरे । त्यस्तै, चिराग सुरीले अविजित ४४ रनको योगदान दिए ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११६ रन मात्रै बनाएको थियो । हङकङका लागि निजकात खानले ३१ र किनचित शाहले ३० रनको योगदान दिए ।

बलिङतर्फ यूएईका रोहन मुस्तफा र वाहिद अहमदले समान २–२ विकेट लिए ।

यूएईले यसअघि आफ्नो पहिलो खेलमा ओमानसँग सात विकेटको हार ब्यहोरेको थियो । तर दोस्रो खेलमा भने टेष्ट राष्ट्र आयरल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय