+

दशरथ र‌ंगशालामा लिग फर्कियो, दर्शक फर्किएनन्

२०७६ मंसिर  ३० गते २०:४४ २०७६ मंसिर ३० गते २०:४४
दशरथ र‌ंगशालामा लिग फर्कियो, दर्शक फर्किएनन्

३० मंसिर, काठमाडौं । काठमाडौंको दशरथ रंगशाललामा शहीद स्मारक ए डिभिजन लिग हुन छाडेको ५ वर्ष भयो । भूकम्पका कारण क्षतिग्रस्त मैदान पुनर्निर्माणमा समय लाग्दा रंगशालामा फुटबल खेल हुन सकेन । गत वर्षदेखि लिग सुरु भए पनि एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल खेलमैदानमा खेलाइएको थियो ।

यही मं‌सिर १५ देखि २५ सम्म भएको १३ औं‌ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अघि दशरथ रंगशाला तयार भयो र पुरुष फुटबलका खेलहरु सञ्चालन भयो । सागलगत्तै सुरु भएको ए डिभिजन लिगका खेलले दशरथ रंगशालामा फुटबल फर्काएको छ ।

तर शनिबार सुरु भएको लिगको सुरुवाती खेलहरुमा दर्शकको संख्या निकै कम छ । हालै राखिएको दशरथ रंगशालाका नयाँ कुर्चीहरु खाली छन् । सोमबार संकटा र च्यासलबीचको खेलमा रंगशालामा दर्शक खासै देखिएनन् ।

हेर्नुहोस् तस्वीरहरु 

 

धेरै कमेन्ट गरिएका

लेखक
आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय