+

अन्तिम स्थानको वाटफोर्डसँग म्यानचेष्टर युनाइटेड पराजित

२०७६ पुष  ७ गते ८:०४ २०७६ पुष ७ गते ८:०४
अन्तिम स्थानको वाटफोर्डसँग म्यानचेष्टर युनाइटेड पराजित

७ पुस, काठमाडौं । प्रिमियर लिगको अंक तालिकामा पुछारमा रहेको वाटफोर्डसँग म्यानचेष्टर युनाइटेड पराजित भएको छ । आइतबार भएको खेलमा २० स्थानको वाटफोर्डले आठौं स्थानमा रहेको युनाइटेडलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदान भिकारेज रोडमा वाटफोर्डले दोस्रो हाफमा चार मिनेटभित्र दुई गोल गरेको हो ।

५० औं मिनेटमा युनाइटेडका गोलकिपर डेविड डे हेअको गल्तीमा इस्माइला सारले गोल गर्दै वाटफोर्डलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै वाटफोर्डले पेनाल्टी पायो । युनाइटेडका आरोन वान विसाकाले वाटफोर्डका खेलाडीलाई पेनाल्टी एरियामा फल गरेपछि भीएआर मार्फत वाटफोर्डले पेनाल्टी पाएको थियो । जसमा कप्तान ट्रोए डिनेले गोल गर्दै वाटफोर्डलाई २-० को अग्रता दिलाए ।

जितपछि वाटफोर्डले नर्विच सिटीसँग अंक बराबरी गरेको छ, तर अंकतालिकामा पुछारमै छ । यस सिजन दोस्रो जित हात पारेको वाटफोर्डको १८ खेलबाट १२ अंक छ । समान खेलबाट २५ अंक रहेको युनाइटेड आठौं स्थानमै छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय