+

भारतीय खेलाडी कुवेर विष्ट जावलाखेलमा अनुबन्धित

२०७६ पुष  १३ गते २२:०२ २०७६ पुष १३ गते २२:०२
भारतीय खेलाडी कुवेर विष्ट जावलाखेलमा अनुबन्धित

काठमाडौं । इन्डियन सुपर लिग आइएसएल क्लब दिल्ली डाइनामोज हाल ओडिसा एफसीको नामबाट खेल्ने टिमको रिजर्भ टिममा रहेका कुवेर विष्टलाई जावलाखेल युथ क्लबले अनुबन्ध गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिगका लागि ललितपुर क्लबले कुवेरलाई क्लबमा भित्र्याएको हो । उनलाई दक्षिण एसियाली कोटामा अनुबन्ध गरिएको हो ।

जावलाखेलले कुवेर विष्टलाई क्लबमा अनुबन्धित गरेको सामाजिक सञ्जालबाट जानकारी दिएको छ । तर कति रकममा अनुबन्ध गरेको खुलाएको छैन । जावलाखेल जारी लिगमा एक जित र दुइ बराबरीसहित पाँच अंक जोड्दै चौथो स्थानमा छ ।

कुवेर विष्ट एडिसाको रिजर्भ टिममा डिफेण्डरको भूमिकामा खेल्ने खेलाडी हुन् । भारतीय फुटबल संघले आइएसएल खेल्ने दिल्लीसहित ६ टिमलाई आइ लिगको दोस्रो डिभिजन खेल्ने रिजर्भ टिम बनाउन लगाएपछि दिल्ली हाल ओडिसाले पनि टिम बनाएको हो ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहभागि क्लबले चार विदेशी खेलाडी राख्न पाउने र एक जना दक्षिण एसियाकै हुनुपर्ने प्रावधान राखेको छ । त्यसैले ए डिभिजन क्लबले भारतबाट क्लब ल्याउन थालेको हो ।

यसअघि साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले दक्षिण एसियाली कोटामा भारतीय खेलाडी दयानन्द सिंहलाई अनुबन्ध गरिसकेको छ । उनले एक गोल समेत गरिसकेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय