+

मार्टिनको गोलमा संकटा विजयी

२०७६ माघ  ११ गते १७:१७ २०७६ माघ ११ गते १७:१७
मार्टिनको गोलमा संकटा विजयी

काठमाडौं । विदेशी खेलाडी अजयी मार्टिनले गरेको गोलमा संकटा क्लबले सहिद स्मारक लिगमा फ्रेण्ड्स क्लबलाई हराएको छ ।

शनिबार भएको आठौं चरणको अन्तिम खेलमा संकटाले फ्रेण्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । संकटाको जितमा एकमात्र गोल विदेशी खेलाडी मार्टिनले ६४औं मिनेटमा गरे ।

जितपछि साविक उपविजेता संकटाले ८ खेलबाट १२ अंक जोडेको छ । संकटा छैटौं स्थानमा उक्लिएको छ ।

फ्रेण्ड्स भने ८ खेलबाट ८ अंकसहित ११औं स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय