Comments Add Comment

गौतमबुद्ध क्रिकेट रंगशाला परिसरमा वडास्तरीय क्रिकेट प्रतियोगिता

९, फागुन, चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

भरतपुर महानगरपालिका २९ वटै वडाहरुलाई सहभागी गराई रंगशाला निर्माण परिसरमा नै क्रिकेट प्रतियोगिता गर्न लागिएको आयोजक चितवन आदर्श युवा क्लबले जनाएको छ । फागुन १५ देखि ३० गतेसम्म हुने प्रतियोगितामा ३२ टिम सहभागी हुने संयोजक पुष्प आचार्यले जानकारी दिए ।

खुल्ला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी २० क्रिकेटको नाम दिइएको प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख मेयर रेणु दाहालले उद्घघाटन गर्ने कार्यक्रम छ ।

कार्यक्रम संयोजक आचार्यका अनुसार प्रतियोगितामा महानगरपालिकाका सबै वडाहरुको सहभागिता रहनेछ । यस्तै चितवनकै अन्य केही क्लब र गैंडाकोटका केही क्लब पनि सहभागी हुने विषयमा छलफल भइरहेको छ ।

प्रतियोगिताबाट न्युनतम ५ लाख रुपैयाँ रगंशाला निर्माणका लागि सहयोग गरिने उनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले एक लाखसहित ट्रफी तथा उपबिजेताले ५० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडी र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । खेल हेर्नका लागि एक सय रुपैयाँको टिकट शुल्क लाग्नेछ ।

यस प्रतियोगिताले रगंशाला निर्माणार्थ सहयोगका साथै खेलाडीको प्रतिभा पहिचानमा पनि सहयोग पुग्ने रगंशाला निर्माण अभियानका अभियन्ता एवं कलाकार कुमार कट्टेल (जिग्री)ले बताए ।

रगंशाला निर्माण भइरहदा हुने यस्ता प्रतियोगिताले क्रिकेटको माहोल बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

पूर्वकप्तान खड्कालाई सम्मान गरिने

प्रतियोगिताका अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्कालाई सम्मान गरिने भएको छ ।

खड्कालाई प्रतियोगिताको आयोजक चितवन आदर्श युवा क्लबले सम्मान गर्ने भएको हो ।

लामो समयदेखि नेपाली क्रिकेटको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिने क्लबका अध्यक्ष उमाकान्त आचार्यले जानाकरी दिए ।

खड्काले सन्दीप लामिछाने जस्तो विश्वमै नेपालको शिर उच्च बनाउने खेलाडी जन्माएकोले आगामी दिनमा अझै राम्रो खेलाडी उत्पादनका लागि हौसला स्वरुप सम्मान गर्न लागिएको प्रतियोगिता संयोजक पुष्प आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment