+

जेससको गोलमा सिटी विजयी

२०७६ फागुन  ११ गते ८:५२ २०७६ फागुन ११ गते ८:५२
जेससको गोलमा सिटी विजयी

गाब्रिएल जेससको १ मात्र गोलमा म्यनचेष्टर सिटीले प्रिमियर लिगमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटीले लेस्टरलाई १–० ले पराजित गरेको हो ।

सर्जियो अगुएरोले पेनाल्टीको सदुपयोग गर्न नसके पनि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका जेससले निर्णायक गोल गरे ।

खेलको ६२ औं मिनेटमा सिटीले पाएको पेनाल्टी अगुएरोले प्रहार गरेका थिए । तर लेस्टरका गोलकिपर पिटर सेमिकलले बचाए ।

७७ औं मिनेटमा अगुएरोकै स्थानमा जेसस मैदान प्रवेश गरेका थिए । उनले त्यसको ३ मिनेटपछि नै ८० औं मिनेटमा सिटीका लागि गोल गरे । त्यही गोल निर्णायक बन्दा सिटीले ३ अंक जोड्यो ।

जितपछि २७ खेलबाट सिटीले ५७ अंक जोडेको छ भने लिग लिडर लिभरपुलभन्दा अझै १९ अंकले पछि छ । एक खेल कम खेलेको लिभरपुलको ७६ अंक छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय