+

मोदी प्रधानमन्त्री रहँदासम्म भारत-पाकिस्तान सिरिज असम्भव : शाहिद अफ्रिदी

२०७६ फागुन  ११ गते १८:११ २०७६ फागुन ११ गते १८:११
मोदी प्रधानमन्त्री रहँदासम्म भारत-पाकिस्तान सिरिज असम्भव : शाहिद अफ्रिदी

११ फागुन, काठमाडौं । पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले भारत-पाकिस्तान सिरिज नहुनुमा भारतीय प्रधानमन्त्रधी नरेन्द्र मोदी जिम्मेवार रहेको बताएका छन् ।

अफ्रिदीले जबसम्म मोदी भारतको सत्तामा रहन्छन् तबसम्म भारत-पाकिस्तान सिरिज नहुने दावी गर ।

सन् २००८ को मुम्बई हमलापछि दुई देशले द्विपक्षीय सिरिज खेलेका छैनन् । यद्यपी विश्वकपलगायत अन्य प्रतियोगितामा भने यी दुई टिम आमने सामने भएका छन् ।

‘मलाई लाग्छ कि जबसम्म भारतको सत्तामा मोदी हुन्छन्, पाकिस्तानलाई भारतले कुनै जवाफ दिनेछैन । अब हामी सबैले उनको मानसिकता बुझिसकेका छौं । उनको मानसिकता नै नकरात्मक छ’ अफ्रिदीले भने ।

भारत र पाकिस्तानबीच क्रिकेट सम्बन्धमा उतारचढाव भइरहेको छ । गत वर्ष इंग्ल्याण्डमा भएको विश्वकपमा यी दुई टोलीबीच खेल हुँदा भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।

त्यसअघि भारत र पाकिस्तानकाबीच खेल हुँदा धेरै तनो समेत हुँदै आएको छ । फेब्रुअरी २०१९ मा पुलवामा हमाला हुँदा भारतले पाकिस्तानलाई विश्वकप खेल्न प्रतिबन्ध लगाउने मागसमेत राखेको थियो ।

नोभेम्बर २००८ को मुम्बई हमलाको कारण दुई देशबीच आएको सम्बन्धको फाटोको कारण क्रिकेटको सम्बन्धसमेत धेरै ब्रिगेएको हो । दुई देशबीच जब तनाव उत्पन्न हुन्छ त्यसबाट क्रिकेटको सम्बन्ध पनि अछुत रहँदैन ।

यद्यपी २०११ को एकदिवसीय विश्वकप खेल्न पाकिस्तानी टिम भारत गएको थियो । उक्त विश्वकपको सेमिफाइनलमा पाकिस्तानले भारतविरुद्ध मोहलीमा खेलेको थियो । अफ्रिदी पनि उक्त खेलमा खेलेका थिए । तर भारतले पाकिस्तानलाई हरायो र पछि विश्वकप नै जित्यो ।

सन् २०१७ मा इंग्ल्याण्डमा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा भने पाकिस्तानले भारतलाई हराउँदै उपाधि जितेको थियो । त्यसपछि २०१८ मा एसिया कपमा आमने सामने हुँदा भारतले पाकिस्तानलाई हराएको थियो ।

यसअघि पनि धेरै समयसम्म भारत र पाकिस्तानबीच क्रिकेट खेल नभएको उदाहरण छ । सन् १९७८ मा १८ वर्षपछि भारत-पाकिस्तानबीच क्रिकेट सम्बन्ध फेरि शुरु भएको थियो ।

विश्वकै सबैभन्दा लोकप्रिय र आकर्षक क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर प्रिमियर लिग (आईपीएल) मा समेत पाकिस्तानी खेलाडी खेल्न पाएका छैनन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१