+

कुवेतलाई १०२ रनले हराउँदै युएई च्याम्पियन

२०७६ फागुन  १५ गते १५:३८ २०७६ फागुन १५ गते १५:३८
कुवेतलाई १०२ रनले हराउँदै युएई च्याम्पियन

काठमाडौं । एसीसी वेस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताको उपाधि युएईले जितेको छ । ओमानमा भएको प्रतियोगिताको बिहीबार भएको फाइनलमा युएईले कुवेतलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । युएईको सहज जितमा चिराग शुरीले अर्धशतक बनाए भने बलिङमा सुल्तान अहेमदले ४ विकेट लिए ।

युएईले दिएको २०० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो । कुवेतका लागि मोहम्मद अस्लाम नवफरले अविजित रहँदै सर्वाधिक २३ रन बनाए । यस्तै बिलाल मुहम्मद ताहिरले २२ रन बनाए भने मुम्मद अमिल १८ रनमा अविजित रहे । कुवेतलाई कम स्कोरमा रोक्न युएईका सुल्तान अहेमदले ४ ओभरमा ९ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै अहेमद राजाले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । मुहम्मद जुनैद सिद्दिकीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ओपनर चिराग शुरीको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १९९ रन बनाएको थियो । शुरीले ४१ बल खेल्दै ८ चौकाको मद्दतमा सर्वाधिक ६० रन बनाए । यस्तै वाहिम अहेमदले अविजित ४५ रन जे । उनले १५ बल मात्र खेल्दै ६ छक्का प्रहार गरे । यसबाहेक रोहन मुस्ताफा र मुहम्मद उस्मानले समान २८ रन जोडे ।

एक बल खेलेका सुतानले छक्का प्रहार गर्दै अविजित ६ रन जोडे । कुवेतका अफसल अस्रफले २ विकेट लिए ।

८ राष्ट्र सहभागी यस वेष्टर्न रिजनबाट युएई र कुवेतले यसअघि नै एसिया कप क्वालिफायरमा स्थान पक्का गरिसकेका छन् ।

अगष्टमा हुने एसिया कप क्वालिफायरमा ४ टिमले प्रतिस्पर्धा गर्नेछन् । यही २९ फेब्रुअरीदेखि ६ मार्चसम्म थाइल्याण्डमा हुने इस्टर्न रिजनको शीर्ष दुई टिमले पनि एसिया कप क्वालिफारमा स्थान बनाउनेछन् । इस्टर्न रिजनमा थाइल्याण्डसहित नेपाल हङकङ मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । खेल राउण्ड रोविन लिगमा हुनेछ ।

४ टिमबीच हुने क्वालिफायरबाट विजेता टिम सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१