+

पाकिस्तानी क्रिकेटर उमर अकमलाई ३ वर्षको प्रतिबन्ध

२०७७ वैशाख  १५ गते १८:३६ २०७७ वैशाख १५ गते १८:३६
पाकिस्तानी क्रिकेटर उमर अकमलाई ३ वर्षको प्रतिबन्ध

१५ वैशाख काठमाडौं । पाकिस्तानी क्रिकेटर उमर अकमललाई ३ वर्षको प्रतिबन्ध लागेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अकमललाई क्रिकेट खेल्नबाट ३ वर्षको प्रतिबन्ध लगाएको हो ।

स्पट फिक्सिङको आरोपमा पीसीबीले सोमबार अकमललाई सबै खाले क्रिकेटमा ३ वर्षको प्रतिबन्ध लगाएको जनाएको छ । फिक्सिङको लागि आएको प्रस्तावको रिपोर्ट नगरेको आरोप पीसीबील अकमललाई लगाएको छ ।

अनुशासन कमिटीका अध्यक्ष फजल ए मिरान चौहानसहितको कमिटीले उनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको पीसीबीले जनाएको छ । पाँचौ संस्करणको पाकिस्तान सुपर लिगअघि फिक्सिङको अफर आउँदा उनले पीसीबीलाई जानकारी गराएका थिएनन् ।

यसअघि फेब्रुअरी २० मै पीसीबीले अकमललाई तत्कालका लागि निलम्बन गरेको थियो ।

२९ वर्षे अकमलले पाकिस्तानका लागि १६ टेष्ट, १२१ एकदिवसीय अन्तर्राष्ट्रिय र ८४ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

पाकिस्तानी क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय