+

बाबर आजम पाकिस्तान क्रिकेट टिमको कप्तान

२०७७ जेठ  १ गते ६:४२ २०७७ जेठ १ गते ६:४२
बाबर आजम पाकिस्तान क्रिकेट टिमको कप्तान

१ जेठ, काठमाडौं । ब्याट्सम्यान बाबर आजम पाकिस्तानको एकदिवसीय र टि-२० टिमको कप्तान बनेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले आजमलाई दुई विधामा कप्तान चयन गरेको हो । यस्तै टेस्ट कप्तानमा अजर अली रहनेछन् ।

बोर्डले २०२०-२१ का लागि सेन्ट्रल कन्ट्रयाक्टमा परेका १८ खेलाडीको नाम सार्वजनिक गर्दै कप्तान पनि चयन गरेको हो ।

यसअघिका कप्तान सर्फराज अहमदलाई हटाइएपछि आजमलाई नेतृत्व दिएको हो । कप्तानद्वय आजम र अलीसँगै शाहिन शाह अफ्रिदी क्याटेगोरी एमा छन् ।

पाकिस्तानी टिमका मुख्य प्रशिक्षक तथा मुख्य छनोटकर्तासमेत रहेबा  मिस्वा उल हकले नयाँ कप्तान चयनबाट आफू खुसी रहेको बताएका छन् ।

सेन्ट्रल कन्ट्रयाक्टमा नसिम शाह र ईफ्तिकर अहमद पहिलो पटक परेका हुन् ।

पाकिस्तान क्रिकेट बाबर आजम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय