+

ओडीआई डेब्युमै ह्याट्रिक विकेट लिएका श्रीलंकन क्रिकेटर निलम्बित

२०७७ जेठ  १४ गते २०:२७ २०७७ जेठ १४ गते २०:२७
ओडीआई डेब्युमै ह्याट्रिक विकेट लिएका श्रीलंकन क्रिकेटर निलम्बित

१४ जेठ काठमाडौं । श्रीलंकन फास्ट बलर शेन मदुसनका निलम्बनमा परेका छन् । श्रीलंका क्रिकेटले मदुसनकालाई सबै खाले क्रिकेटमा निलम्बन गरेको छ ।

लागूऔषध हिरोइनसहित प्रकाउ परेपछि उनलाई निलम्बन गरिएको श्रीलंका क्रिकेटले जनाएको छ ।

प्रहरीका अनुसार २५ वर्षीय मदुसनकालाई शनिवार २.७ ग्राम हेरोइनसहित प्रकाउ गरिएको थियो । उनी प्रहरी हिरासतमा छन् ।

श्रीलंका क्रिकेटले निलम्बन तत्कालै शुरु हुने र थप अनुसन्धान नहुँदासम्म काय रहने जनाएको छ ।

सन् २०१८ मा श्रीलंकाका लागि डेब्यु गरेका मदुसनकाले ओडीआई डेब्यु खेलमै बंगलादेशविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । त्यही टुरमा उनले दुई टी२० अन्तर्राष्ट्रिय पनि खेलेका थिए ।

त्यसयता भने उनी चोटका कारण टिमबाट बाहिर थिए ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय