+

एन्फा अध्यक्षलाई कारवाही माग गर्दै चार जिल्ला अध्यक्षले दिए निवेदन

२०७७ जेठ  १९ गते १३:४१ २०७७ जेठ १९ गते १३:४१
एन्फा अध्यक्षलाई कारवाही माग गर्दै चार जिल्ला अध्यक्षले दिए निवेदन

१९ जेठ काठमाडौं  । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारवाहीको माग गर्दै चार जिल्ला फुटबल संघका अध्यक्षले प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई निवेदन दिएका छन् ।

एन्फा अध्यक्ष शेर्पाले एक अनलाइन सञ्चारमाध्यमलाई दिएकाे भिडियो अन्तर्वार्तामा नेपालको कानुन,अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरीत अभिव्यक्ति दिएको भन्दै काठमाडौं, भक्तपुर, ललितपु र धादिङ जिल्ला फुटबल संघक अध्यक्षले कारबाहीको माग गरेका हुन्  ।

चार जिल्ला फुटबल संघले एन्फा अध्यक्ष शेर्पालाई कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी दिएका छन् । उक्त निवेदन राष्ट्रिय खेलकुद परिषदलाई समेत बोधार्थ दिइएको छ ।

यी चार जिल्ला फुटबल संघले यसअघि पनि एन्फा नेतृत्वको निरन्तर विरोध गर्दै आएका छन् । ललितपुर जिल्ला अध्यक्ष पुरुषाेत्तम थापाले एन्फा दिवसमा  भाइबर भिडियाे च्याटमा फुटबल संघ र पदाधिकारीमाथि नकारात्मक टिप्पणी गरेको भन्दै एन्फाले अस्थायी निलम्बनको कारबाही गरेको छ ।

हेर्नुहोस् प्रधानमन्त्रीलाई लेखेको पत्र

एन्फा कर्मा छिरिङ शेर्पा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय