+

शाहिद अफ्रिदीलाई कोरोना संक्रमण

२०७७ जेठ  ३१ गते १६:०९ २०७७ जेठ ३१ गते १६:०९
शाहिद अफ्रिदीलाई कोरोना संक्रमण

३१ जेठ, काठमाडौं । पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउण्डर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ । ४० वर्षीय अफ्रिदीले शुक्रवार सामाजिक सञ्जाल ट्विटरमा आफूलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् ।

उनले लेखेका छन्, ‘गत बिहीबारदेखि मेरो स्वास्थस्थिति राम्रो थिएन । ज्यान नराम्ररी दुखेको थियो । परीक्षण गर्दा दुर्भाग्यवश कोभिड पोजेटिभ देखियो । शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना जरुरी छ ।’

अफ्रिदी कोभिड पोजेटिभ देखिने पाकिस्तानका दोस्रा क्रिकेटर हुन् । यसअघि पाकिस्तानका पूर्वओपनर तफिक उमरलाई पनि कोभिड पोजेटिभ देखिएको थियो । उनलाई अहिले निको भइसकेका छन् ।

कोरोना भाइरस शाहिद अफ्रिदी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय