२६ साउन, काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । च्याम्पियन्स लिग अन्तर्गत बिहीबारको खेलअघि एट्लेटिकोका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि क्लबले दुई जनामा कोरोना पोजेटिभ देखिए पनि नाम खुलाएको थिएन । तर क्लबले नै सोमबार एन्जल कोरेअ र सिम भर्साल्ज्कोलाई कोरोना संक्रमण भएको जनाएको छ ।
एट्लेटिकोले क्वार्टरफइनलमा बिहीबार जर्मन क्लब आरबी लाइपजिगसंग खेल्दैछ । उक्त खेलको लागि पोर्चुगलको लिस्वन उड्नुअघि शनिबार मड्रिडमा गरिएको परीक्षणमा दुई जनालाई कोरोना पोजेटिभ देखिएको क्लबले जनाएको छ ।
अब यी दुई खेलाडीलाई मड्रिडमा छोड्दै एट्लेटिको लिस्वन जानेछ ।
कोरोना भाइरस महामारीका कारण युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलदेखिका सबै खेलहरु लिस्वनमा हुनेछ । खेलहरु बन्द रंगशालमा हुनेछ र सिंगल लेगमा खेलाइनेछ ।
प्रतिक्रिया 4