+

कोरोनाका कारण समस्यामा परेका अफ्रिकन खेलाडीलाई आर्थिक सहयोग

२०७७ कात्तिक  १ गते १९:२० २०७७ कात्तिक १ गते १९:२०
कोरोनाका कारण समस्यामा परेका अफ्रिकन खेलाडीलाई आर्थिक सहयोग

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा दैनिक जनजीविका कष्टकर बन्दै गएको छ । यसबाट अछुतो छैन खेलकुद क्षेत्र पनि । खासगरी नेपालका विभिन्न क्लबबाट खेल्ने विदेशी खेलाडीहरु यसको सोझो मारमा परेका छन् । थुप्रै खेलाडीको खानेबस्ने मेलो त हराएको छ नै, आफ्नो मुलुक फर्कने खर्च समेत अभाव छ ।

यसैबीच खर्च अभावको कारण दैनिकी धान्नै गाह्रो भइरहेका अफ्रिकन मुलुकका फुटबल खेलाडीहरुलाई स्थानिय युवाहरुको अग्रसरतामा आर्थिक सहयोग गरिएको छ । अमेरिकामा गो फन्ड मि अनलाइन र गोर्खा च्यारिटी फुटबलबाट संकलित तीन लाख रुपैयाँ अफ्रिकन खेलाडीहरुलाई वितरण गरिएको दीपक राईले बताए ।

एक अनौपचारिक कार्यक्रम गरेर २५ जना अफ्रिकन खेलाडीलाई उक्त रकम हस्तान्तरण गरिएको हो । राइका अनुसार सहयोग रकम प्रलयराज भण्डारीले संकलन गरेका हुन् । प्रलयराज भण्डारी पूर्व राष्ट्रिय खेलाडी हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय