+

मैत्रीपूर्ण खेल : १७ वर्षीय बेलिङघहमको डेब्यु, इंग्ल्याण्डको शानदार जित

२०७७ कात्तिक  २८ गते १०:५२ २०७७ कात्तिक २८ गते १०:५२
मैत्रीपूर्ण खेल : १७ वर्षीय बेलिङघहमको डेब्यु, इंग्ल्याण्डको शानदार जित

२८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत इंग्ल्याण्डले आयरल्याण्डमाथि शानदार जित हात पारेको छ । १७ वर्षीय जुड बेलिङघहमले डेब्यु गरेको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई ३-० ले हरायो ।

वेम्बलीमा भएको खेलमा इंग्ल्याण्डले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । खेलको १८औं मिनेटमा ह्यी मग्युएरको गोलबाट इंग्ल्याण्डले अग्रता बनाएको थियो । ३१औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । ५६औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले इंग्ल्याण्डको लागि तेस्रो गोल गरे ।

इंग्ल्याण्डले जित हात पार्दा युवा खेलाडी बेलिङघमले डेब्यु गरे । उनी खेलको ७३औं मिनेटमा मासोन माउन्टको स्थानमा मैदान प्रवेश गरेका थिए । १७ वर्ष १३७ दिनको हुँदा अन्तर्राष्ट्रिय खेल खेलेका बेलिङघम इंग्ल्याण्डबाट खेल्ने तेस्रो कान्छो खेलाडी समेत बने ।

यसअघि थिओ वाल्कोट र वायन रुनीले मात्र उनीभन्दा कम उमेरमा इंग्ल्याण्डका लागि डेब्यु गरेका थिए ।

इंग्ल्याण्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०