Comments Add Comment

लिभरपुल घरमै एटलान्टासँग पराजित

११ मंसिर, काठमाडौं । साविक विजेता लिभरपुल युरोपियन च्याम्पियन्स लिगको समूह चरण खेलमा इटालियन क्लब एटलान्टासँग घरेलु मैदानमै पराजित भएको छ । समूह डी अन्तर्गत लिभरपुलको मैदान एनफिल्डमा भएको खेलमा एटलान्टाले २-० को जित हात पारेको हो ।

जोसिफ इलिसिसले ६०औं मिनेटमा गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै रोविन गोसेन्सले गोल गर्द एटलान्टाको अग्रता दोब्बर पारेका थिए ।

चार मिनेट अन्तरमा दुई गोल खाएको लिभरपुलले घरेलु मैदानमा गोल गर्न नसक्दा पराजित भयो ।

समूहमा पहिलो हार व्यहोरेको लिभरपुलले अन्तिम १६ मा स्थान पक्का गर्न अझै कुर्नुपर्ने भएको छ । यद्यपि हारपछि पनि लिभरपुल ४ खेलबाट ९ अंकसहित अझै शीर्ष स्थानमा छ । समूहमा दोस्रो जित हात पारेको एटलान्टा ७ अंक जोड्दै तेस्रो स्थानमा छ र अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ ।

अर्को खेलमा एफसी मिट्जील्याण्डलाई ३-१ ले पराजित गरेको डच क्लब अयाक्सले पनि ७ अंक नै जोडेको छ तर गोलअन्तरमा अघि रहँदै दोस्रो स्थानमा छ ।

अयाक्सको घरेलु मैदानमा भएको खेलमा चारै गोल दोस्रो हाफमा भएको थियो ।

४७औं मिनेटमा राएन ग्राभेनबर्चले गोल गर्दै अयाक्सलाई अग्रता दिलाएका थिए । दुई मिनेटपछि नै नाउसेर मजाराउनीले गोल गर्दै अयाक्सको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा डेभिड नेरेसले अयाक्सको लागि तेस्रो गोल गरे । ८०औं मिनेटमा अवेर माबिलले मिट्जील्याण्डको लागि सान्त्वना गोल फर्काए ।

इन्जुरी टाइममा मिट्जील्याण्डका एरिकले रातो कार्ड पाउ मैदान छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment