+

प्रधानमन्त्री कपमा विनोद भण्डारीको शतक

२०७७ माघ  २ गते १२:४७ २०७७ माघ २ गते १२:४७
प्रधानमन्त्री कपमा विनोद भण्डारीको शतक

२ माघ, काठमाडौं । कप्तान विनोद भण्डारीले शतक प्रहार गरेपछि त्रिभुवन आर्मीले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको हो ।

भण्डारीले ७३ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा शतक पूरा गरे । चौथो नम्बरमा ब्याटिङ गरेका भण्डारीले ७६ बल खेल्दा अविजित १११ रन बनाए ।

प्रधानमन्त्री कपमा यो नवौं शतक हो । आर्मीका खेलाडीको दोस्रो शतक हो । आर्मीका सागर पुनले २०१८ मा शतक बनाएका थिए ।

ओपनर राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रन जोडे ।

बलिङमा गण्डकी प्रदेशका लागि कप्तान विपिन खत्री र विशाल पौडेलले २–२ विकेट लिए ।

प्रधानमन्त्री कप विनोद भण्डारी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय