Comments Add Comment

मेयर्स कप आजदेखि, दुई खेल हुँदै

२२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानकाे आयाेजनामा पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आजबाट सुरु हुँदैछ ।

काठमाडौं महानगरपालिकाकाे सहयाेगमा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ ।

गत माघमा भएकाे प्रधानमन्त्री कपकाे सेमिफाइनल पुगेका चार टिम र आयोजक टिम काठमाडौं मेयर-११ सहित प्रतियाेगितामा पाँच टपम सहभागी छन् ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।

यस्तै प्रतियोगितामा खेलाडीले प्रति खेल २ हजार म्याच फि पाउनेछन् । हरेक खेलकाे प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् ।

फाइनल खेल २९ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment