+

चैत्र २८ देखि दशरथ रंगशालामा ‘कोभिड कप २०२१’ हुने

२०७७ चैत  १९ गते १८:०४ २०७७ चैत १९ गते १८:०४
चैत्र २८ देखि दशरथ रंगशालामा ‘कोभिड कप २०२१’ हुने

१९ चैत, काठमाडौँ । चैत्र २८ गते दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने भएको हो ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तिय परिसंघ, सहकारी अभियान लायन्स क्लवका व्यक्तिहरु, राष्ट्रिय निजी तथा आवासीय विद्यालय लगायतको सहभागीता हुने बताइएको छ ।

७ वटा खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्नको लागि सामाजिक दुरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए ।

खेलको सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरीने आयोजकले बताएको छ ।

दशरथ रंगशाला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय