+

रियल मड्रिड दुई वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

२०७८ वैशाख  २ गते ६:५७ २०७८ वैशाख २ गते ६:५७
रियल मड्रिड दुई वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

२ वैशाख, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । क्वाटरफाइनलमा दोस्रो लिगमा इंग्लिस क्लब लिभरपुलसग गोलरहित बराबरी खेले पनि समग्रमा ३-१ को जितहित रियलले अन्तिम चारमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको पहिलो लिग रियलले ३-१ ले जितेको थियो । लिभरपुलको मैदानमा भएको दोस्रो लेग गोलरहित बराबरीमा सकियो ।

सर्वाधिक १३ पटकको च्याम्पियन रियलले अब फाइनल पुग्न अर्को इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी पोर्टोलाई हराउँदै सेमिफाइनल पुगिसकेको छ ।

रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय