+

लंका प्रिमियर लिग सर्‍यो, अब नोभेम्बरमा हुने

२०७८ असार  २६ गते ६:४२ २०७८ असार २६ गते ६:४२
लंका प्रिमियर लिग सर्‍यो, अब नोभेम्बरमा हुने

काठमाडौं । यही जुलाई अन्तिममा शुरु हुने भनिएको लंका प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता करीब चार महिना पछि सरेको छ ।

श्रीलंका क्रिकेटले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता सरेको जनाएको छ ।

जुलाई २९ देखि तय भएको प्रतियोगिता अब नोभेम्बर १९ देखि १२ डिसेम्बरसम्म आयोजना आयोजक श्रीलंका क्रिकेटले हुने जनाएको छ ।

श्रीलंका क्रिकेटले प्रतियोगितामा धेरैभन्दा धेरै खेलाडीले सहभागिता जनाउने अवसर पाउन् भनेर प्रतियोगिता सारिएको जनाएको छ ।

लंका प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय