Comments Add Comment

मछिन्द्र क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने

३१ साउन, काठमाडौं । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । मछिन्द्रले फुटबल एकेडेमी सञ्चालनका लागि आइतबार पिस पोइन्ट बोर्डिङ स्कुलसँग ६ वर्षको सम्झौता गरेको छ ।

एन्फा कम्प्लेक्समा आइतबार मछिन्द्र क्लब र पिस पोइन्ट स्कुलबीच सम्झौता भएको हो । मछिन्द्रका अध्यक्ष सुनिल कपाली र  पिस पोइन्टका प्रिन्सिपल इशु गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे  । एन्फाको तर्फबाट उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गरे ।

मछिन्द्र एकेडेमी सञ्चालन गर्ने विभागीय बाहेकको पाँचौं क्लब बनेको छ । यसअघि तीन विभागीय क्लब त्रिभुवन आर्मी क्लब, एपीएफ, पुलिस क्लबसहित मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले एकेडेमी सञ्चालनको लागि सम्झौता गरिसकेको छ ।

सम्झौतापछि पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरी १४ खेलाडी हुनेछन् । एकेडेमीका खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने स्कुलले पढाइका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।

यस्तै दोस्रो वर्षबाट कुल २१ खेलाडी एकेडेमीमा हुनेछन् । जसमा १४ खेलाडी क्लबको रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment