Comments Add Comment

अष्ट्रेलिया

List Grid
२०२२ को मध्यभन्दा अघि अन्तर्राष्ट्रिय सीमा खुल्दैन : अष्ट्रेलिया

२ जेठ, काठमाडौं । अष्ट्रेलियाले सन् २०२२ को मध्यभन्दा अघि आफ्नो अन्तर्राष्ट्रिय सीमा नखुल्ने दोहोर्‍याएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आफूहरुले स्वास्थ्यसम्बन्धी सुझावअनुसार नै यो निर्णय गरेको बताएका छन् । पछिल्लो समय अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय सीमा खोल्न दबाव बढेको छ । सन् २०२० को मार्चमा अष्ट्रेलियाले आफ्नो सीमा अन्य मुलुकका र अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति […]

अष्ट्रेलियाको ठूलो प्रविधि कम्पनीले कर्मचारीलाई भन्यो : वर्षमा ४ दिनमात्रै अफिस आउनू

काठमाडौँ । अष्ट्रेलियाको सबैभन्दा ठूलो प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरुले जहाँसुकैबाट काम गर्नसक्ने घोषणा गरेको छ । ८० अर्ब डलर मूल्यको एटलासियन कम्पनीले आफ्ना कर्मचारीहरु वर्षमा केवल चार दिनमात्र कार्यालय आउसक्ने व्यवस्था गरेको छ । अर्थात् कर्मचारीहरुले आफ्नो पायक पर्ने कार्यालयमा हरेक त्रैमासिक अवधिमा एकपटक मात्र उपस्थित भए पुग्नेछ । कोरोना भाइरस महामारीको परिस्थितिलाई मध्‍यनजर गर्दै […]

अष्ट्रेलियाले सैन्य स्तरोन्नतिको लागि ५८ करोड डलर खर्चिंने

१५ वैशाख, काठमाडौं । अष्ट्रेलियाले सैन्य स्तरोन्नतिको लागि ५८ करोड डलर खर्चिने भएको छ । अष्टे«लियाका प्रधानमन्त्री स्टक मौरिसनले बुधबार उत्तरी सैन्य बेसको स्तरोन्नति तथा अमेरिकासँगको युद्धकला अभ्यासको लागि उक्त रकम छुट्याइएको बताएका छन् । पछिल्लो समय चीनसँग अष्ट्रेलियाको कूटनीतिक तथा व्यापारिक सम्बन्ध तनावपूर्ण रहेको अवस्थामा अष्ट्रेलियाले सैन्य स्तरोन्नतिको घोषणा गरेको हो । उत्तरी क्षेत्रमा […]

सीमा खोल्ने योजना बनाउँदै अष्ट्रेलिया

३ वैशाख, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री इस्कट मोरिसनले कोरोना भाइरस (कोभिड–१९) को खोप लिइसकेका मानिसका लागि सीमा खोल्ने योजनामा छलफल भइरहेको बताएका छन् । मोरिसनले बिहीबार सबैभन्दा पहिला खोप लगाइसकेका आफ्ना नागरिकलाई विदेश भ्रमणमा जाने अनुमति दिनेबारे छलफल भइरहेको बताएका हुन् । कोरोना नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको कारण अष्ट्रेलियाका नागरिक र पीआर भएका मानिसले कुनै […]

पश्चिमी अष्ट्रेलियामा समुद्री आँधी

३० चैत, काठमाडौं । अष्ट्रेलियाको पश्चिमी प्रान्त वेस्टर्न अष्ट्रेलियामा समुद्री आँधी सेरोजाको प्रकोप देखिएको छ । यसको असर एक हजार किलोमिटर वरपरको क्षेत्रमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त आँधीको प्रतिघण्टा १७० किलोमिटरको गतिमा आएको समाचारमा उल्लेख छ । आइतबारको ठूलो आँधीहुरीपछि वेस्टर्न अष्ट्रेलियाको केलबारी सहरनजिकै पहिरो गएको छ । अहिले आँधी मत्थर […]

अष्ट्रेलिया-न्युजिल्याण्डको सीमा खुला, क्वारेन्टिन बस्न नपर्ने

२४ चैत, काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डले एकअर्काका नागरिकलाई क्वारेन्टिनमा बस्न नपर्ने गरी सीमा खोल्ने निर्णय गरेका छन् । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले मंगलबार उक्त निर्णय सार्वजनिक गरेकी हुन् । यो निर्णय अप्रिल १९ देखि कार्यान्वयनमा आउनेछ । गत अक्टोबरयता न्युजिल्याण्डका पर्यटकहरुलाई अष्ट्रेलियाका सबैजसो राज्यमा क्वारेन्टिन विना नै प्रवेशको अनुमति दिइएको छ तर न्युजिल्याण्डले क्वारेन्टिन […]

अष्ट्रेलियामा सरकारी लक्ष्यको १५ प्रतिशतले मात्र लगाए कोरोना खोप

१८ चैत, काठमाडौं । अष्ट्रेलियामा सरकारी लक्ष्यको १५ प्रतिशतले मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अष्ट्रेलिया सरकारले मार्च अन्तिमसम्ममा ४० लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेकोमा हालसम्म करिब ६ लाखले मात्रै खोप लगाएका छन् । लक्ष्यअनुसार अझै करिब ३४ लाख नागरिकले खोप लगाउन पाएका छैनन् । लक्ष्यअनुसार कोरोना खोप पुर्‍याउन नसकेको भन्दै सर्वसाधारणले […]

अष्ट्रेलियामा यौनकाण्डमा मुछिएका दुई मन्त्रीको घटुवा

१६ चैत, काठमाडौं । अष्ट्रेलियामा यौनकाण्डमा मुछिएका दुईजना मन्त्री घटुवामा परेका छन् । केही समययता अष्ट्रेलियामा बलात्कारको मुद्दा चर्को रुपमा उठेको छ । यसैक्रममा सरकारका दुई मन्त्री पनि यो विवादमा मुछिएका हुन् । यससँगै उनीहरुलाई कारबाही गर्न पनि सरकारलाई ठूलो जनदबाब सिर्जना भएको थियो । सोमबार नै अष्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरलाई पदबाट हटाइएको छ । […]

एकपछि अर्को यौन काण्डले अष्ट्रेलियाको संसद बद्‍नाम

११ चैत, काठमाडौं । मध्य फेब्रुअरीमा ब्रिटानी हिग्गिङ्सले सन् २०१९ मा संसद् भवनभित्र आफ्नो सहकर्मीबाट बलात्कृत भएको दाबी गरिन् । त्यसयता एकपछि अर्को काण्ड सार्वजनिक भइरहेको छ, जसले सरकारमाथि त दबाव परेको छ नै, त्यहाँको संसदले बद्‍नामीसमेत कमाएको छ । भिडियो नै सार्वजनिक हिग्गिङ्सले २०१९ मा आफ्नो बलात्कार भएको दाबी गरेसँगै अष्ट्रेलियामा संसद् भवनमा हुने […]

अष्ट्रेलियामा संसद् भवनभित्रको यौनजन्य भिडियो बाहिरियो

१० चैत, काठमाडौं । अष्ट्रेलियाको संसद् भवनभित्रैको यौनजन्य गतिविधिको भिडियो सार्वजनिक भएको छ । मंगलबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अष्ट्रेलियाको संसद् भवनमा यौनजन्य क्रियाकलापको भिडियो सार्वजनिक हुनु आश्चर्यजनक र घृणित भएको बताएका छन् । मौरिसनले यौनजन्य क्रियाकलापको आरोप लागेका संसद् भवनमा एक सदस्यलाई कामबाट निकाला गरिएको बताएका छन् । टेन नेटवर्क टेलिभिजन न्युजले सोमबार केही […]

अष्ट्रेलियामा ‘स्काई डाइभिङ’का क्रममा एकको मृत्यु

३ चैत, काठमाडौं । स्काई डाइभिङ*का क्रममा दुर्घटना हुँदा सोमबार अष्ट्रेलियामा एक जनाको मृत्यु भएको छ । स्काई ड्राइभिङको क्रममा पारासुट नखुल्दा उनको मृत्यु भएको स्थानीय प्रहरीलाई उदृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । भर्चुअल स्काई डाइभिङ प्रतियोगिताको क्रममा ती व्यक्ति जुरियन खाडी नजिकैको क्षेत्रमा विमानबाट हाम फालेका थिए । तर, पारासुट नखुल्दा उनी जमिनमा […]

दोस्रो टी-२० मा न्युजिल्याण्डको रोमाञ्चक जित, अष्ट्रेलिया ४ रनले पराजित

१३ फागुन , ठमाडौं । घरेलु टोली न्युजिल्याण्डले दोस्रो टी-२० मा खेलमा अष्ट्रलियामाथि रोमाञ्चक जित हात पार्दै ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ । बिहीबार भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ४ रनले पराजित गरेको हो । डुनेदिनस्थित युनिभर्सिटी ओभरमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१९ रन बनाएको थियो […]

अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने कानुन पारित

१३ फागुन, काठमाडौं । फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको छ । यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो प्लेटर्फममा अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको […]

फेसबुकले अष्ट्रेलियामा समाचारमाथिको प्रतिबन्ध फुकुवा गर्ने

११ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाको समाचार पेजमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । मंगलबार फेसबुकले यस्तो घोषणा गरेको हो । अष्ट्रेलियामा फेसबुकले गत बिहीबारदेखि समाचार साइटमा प्रतिबन्ध लगाउँदै आएको छ । अष्ट्रेलियाले समाचार कन्टेन्टबाट हुने आम्दानीको हिस्सा मिडिया कम्पनीहरुसँग बाँड्नुपर्ने नियम ल्याएसँगै फेसबुकले समाचार पेजमाथि प्रतिबन्ध लगाएको थियो । अष्ट्रेलियाका ट्रिएजर जोस […]

अष्ट्रेलियामा फेसबुकले लगायो समाचार कन्टेन्टमा प्रतिबन्ध

६ फागुन, काठमाडौं । विश्वव्यापी सर्च इन्जिन गुगलले अष्ट्रेलियाका स्थानीय समाचार कन्टेन्टबाट भएको आम्दानीको केही हिस्सा मिडियाहरुलाई बुझाउने सम्झौता गरेको छ । लामो समयदेखि जारी विवाद अन्ततः सम्झौतामा आएर टुङ्गएिको हो । गुगलसँग अष्ट्रेलियाका केही समाचार संस्थाहरुले बुधबार समाचारबाट आएको आम्दानीको हिस्सा बुझाउने सम्झौता गरेको हो । यद्यपि बुधबारबाटै समाजिक सञ्जाल फेसबुकले भने अष्ट्रेलियाका मिडियालाई […]

अष्ट्रेलियाको डार्बिनबाट ‘साँझ बिहान’ सार्वजनिक

डार्बिन। मेलिना राईको स्वरमा रहेको ‘साँझ बिहान’ बोलको गीत सार्बजनिक भएको छ। अष्ट्रेलियाको डार्बिनको पर्यटकिय गन्तब्यहरुमा छायांकन भएको गीत प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ को अबसरमा सार्बजनिक भएको हो। बिपी भण्डारी र श्रद्धा बरालले भिडियोलाई निर्देशन गरेका छन्। गणेश खड्काको रचना रहेको उक्त गीतमा दीप घतानीले संगीत दिएका छन्। भिडियोमा दिनेश परियार,सुष्मिता बराल,सुशिल श्रेष्ठ,बिन्दु गुरुङ […]

के गुगलले अष्ट्रेलिया छाड्न सक्छ ?

समाचार प्रकाशकहरुसँगको सम्बन्धलाई नियमन गर्नेगरी तयार गरिएको नयाँ कानून लागू भएमा अष्ट्रेलियाबाट गुगल बाहिरिने सम्भावना बढेको छ । गुगल स्वयंले यस्तो चेतावनी दिएको छ । गुगल लगायतका प्रविधि कम्पनीहरुका सर्च इन्जिनमा देखापर्ने वा प्लाटर्फमहरुमा शेयर हुने समाचारहरुका लागि ती कम्पनीहरुले सम्बन्धित समाचार एजेन्सीलाई रकम तिर्नुपर्ने विषयमा लामो समयदेखि चलिरहेको विवाद निरुपण गर्नेगरी अष्ट्रेलिया सरकारले नयाँ […]

अष्ट्रेलियाको सिमाना यो वर्ष पनि नखुल्ने

ताज्मानिया । कोरोना महामारीका कारण गत वर्षको मार्चबाट बन्द गरिएको अष्ट्रेलियाको सिमाना यो वर्ष पनि नखुल्ने भएको छ । अष्ट्रेलियाले आफ्ना सबै जनसंख्यालाई महामारीविरुद्धको खोप दिएर जुलाई महिना अगावै सिमाना खोल्ने संकेत गरेको थियो । तर, कोरोना भाइरसविरुद्धको खोप दिए पनि बाहिरबाट आउने यात्रुहरुका कारण आफ्ना नागरिकहरु अझै संक्रमणको जोखिममा रहन सक्ने भन्दै अष्ट्रेलियाले केही […]

तेस्राे टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने

२६ पुस, काठमाडौं । अष्ट्रेलियाविरुद्धकाे तेस्राे टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने भएकाे छ । ४०७ रनकाे लक्ष्य पछ्याएकाे भारतले चााैथाे दिनकाे समाप्तीमा २ विकेट गुमाएर ९८ रन बनाएकाे छ । अब अन्तिम दिन भारतले जितका लागि ३०९ रन बनाउनु पर्नेछ । राेहित शर्मा ५२ र शुभमन गिल ३१ रन बनाएर आउट भए […]

आदिवासी इतिहास झल्काउने गरी अष्ट्रेलियाले बदल्यो राष्ट्रिय गान

१७ पुस, काठमाडौं । अष्ट्रेलियाले राष्ट्रिय गानमा आदिवासी मानिसहरुको प्रतिनिधित्व गराउन केही परिवर्तन गरेको छ । यससँगै अष्ट्रेलियाको राष्ट्रिय गानमा सुनिने ‘योङ एण्ड फ्रि’ (युवा र स्वतन्त्र) शब्द हटेको छ । अष्ट्रेलियाका आदिवासीहरु विश्वको सबैभन्दा लामो सभ्यता बोकेको समुदाय हो । त्यसैले अष्ट्रेलियाले राष्ट्रिय गानको उक्त शब्द हटाउन लागेको हो । शुक्रबारबाट लागू हुने उक्त […]

अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्ट जित्न भारतले ७० रन बनाउनुपर्ने

१४ पुस, काठमाडौं । भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट जित्नका लागि ७० रनको सामान्य लक्ष्य पाएको छ । दोस्रो टेष्टमा घरेलु टोली अष्ट्रेलिया २०० रनमा अलआउट भएपछि अष्ट्रेलियाले जम्मा ६९ रनको अग्रता बनायो र भारतले ७० रनको लक्ष्य पाएको हो । अष्ट्रेलियाले १३३/६ बाट चौथो दिनको खेलअघि बढाएको थियो । त्यसपछि थप ६७ रन जोड्दै अष्ट्रेलियाले […]