Comments Add Comment

कुटपिट

List Grid
कुटपिट गरी सुनको सिक्री लुटपाट गरेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ

१५ असोज, काठमाडौं । कुटपिट गरी सुनको सिक्री र पर्स लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ९ जनालाई पक्राउ गरेको छ । दाङ घोराहीका २१ वर्षीय अनिल मगर, रुकुम टकसराका ३० वर्षीय सूर्य बुढा मगर, सिन्धुपाल्चोक ठूलो पहाडका २५ वर्षीय विशाल केसी, मोरङ बेलबारीका २७ वर्षीय यमन राई, धरानकी २२ वर्षीया प्रिया गुरुङ, काभ्रे तामाघाटकी २१ […]

विजुली काट्न गएका कर्मचारी होटल सञ्चालकबाट कुटिए

१३ असोज, विराटनगर। विद्युत महशुल भुक्तानी नभएपछि लाइन काट्न गएका विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारी होटल सञ्चालकबाट कुटिएका छन् । बुधबार होटल इस्टर्नस्टारको विद्युत लाइन काट्न गएका कर्मचारीलाई होटल सञ्चालक समितिका अध्यक्ष तुलसी पोखरेलले कुटपिट गरेका पीडितको भनाइ छ । होटलले ३ लाख १४ हजार विद्युत महशुल बझुाएको छैन । महशुल नबुझाएपछि लाइन काट्न […]

काठमाडौंमै बोक्सी आरोपमा महिलामाथि कुटपिट

२९ भदौ, काठमाडौं । पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् । ‘स्वयम्भूको ठूलो भर्‍याङमा ९ दिनअघि […]

दुई पक्षबीच कुटपिट हुँदा सप्तरीमा एकजनाको मृत्यु

२५ असार, सप्तरी । वैदेशिक रोजगारीका लागि विदेश जानेका परिवार र विदेश पठाइदिने व्यक्तिबीच भएको कुटपिटमा परी सप्तरीमा एकजनाको मृत्यु भएको छ । खडक नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलमा वैदेशिक रोजगारमा पठाएकोमा राम्रो काम नपाएको भन्दै विदेश जानेका परिवार र एजेन्टबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय […]

कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु

१३ असार, किमाथांका । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका–४ का ३८ वर्षीय वसन्त शाहीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए । कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर […]

सप्तरीमा मेयरका काकाद्वारा सब-इन्जिनियरमाथि कुटपिट

११ असार, सप्तरी । सप्तरीमा कामै नगरी मूल्यांकन गराउन खोज्ने उपभोक्ता समितिका एक सदस्यले कर्मचारीलाई कुटपिट गरेका छन् । जिल्लाको खडक नगरपालिकाका सब-इन्जिनियर विश्वप्रताप झामाथि कुटपिट गरिएको हो । नगरपालिकाको वडा नम्बर ८ मा माटो र ग्राभेल काम गर्न गठन भएको उपभोक्ता समितिका सदस्य अबुल हुसैनले झालाई कुटपिट गरेका छन् । कुटपिट गर्ने हुसैन नगरपालिकाका […]

स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको विरोधमा विराटनगरमा प्रदर्शन

१९ जेठ, विराटनगर । कोशी अस्पतालबाट डिउटी सकेर घर फर्कंदै गरेका स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ । मंगलबार राति साढे ९ बजे अस्पतालबाट घर फर्कंदै गर्दा सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कुटपिट गरेको हो । मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा डिउटीमा रहेका दुईजना प्रहरीले कुटपिट गरेको उनले बताए । ‘परिचय पत्र भिरेर डिउटीबाट […]

भेरी अस्पतालको घटना छानबिन गर्न सहायक सीडीओको नेतृत्वमा समिति गठन

१४ जेठ, काठमाडौं । बिहीबार राति भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । शुक्रबार बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल […]

कुटपिटको भिडियो भाइरल भएपछि डीएसपीमाथि छानबिन

१३ जेठ, वीरगञ्ज । वीरगञ्जमा सर्जिकल पसलका कर्मचारी कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रल्हाद कार्की विवादमा तानिएका छन् । उनले पानीट्याङ्कीस्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अफ्रोज अहमदलाई बुधबार विहान साढे १० बजे कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । पसलको सीसीटीभी क्यामेरामा कैद भएको उक्त भिडियोमा डीएसपी कार्की […]

चोरीको आरोपमा युवकलाई गाउँपालिका अध्यक्षकै अगुवाइमा बाँधेर यातना

२४ वैशाख, सप्तरी । सप्तरीमा चोरीको आरोपमा जनप्रतिनिधिले एक युवकलाई पाँच दिनदेखि बन्धक बनाएर यातना दिएको पाइएको छ । छिमन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’, उनका छोरा तेजनारायणले छिन्नमस्ता–६ कुपहीका २१ बर्षीय शिवकुमार मुखियालाई हात खुट्टामा नेलले बाँधेर कुटपिट गरेको पीडितका परिवारले जनाएको छ । कुपहीमा सञ्जय पण्डितले सञ्चालन गरेको मदिरा पसलमा चोरी गरेको भन्दै […]

चिनिया ठेकेदारबाट नेपाली मजदुर कुटिए

११ चैत, बुटवल । बुटवल–नारायणगढ सडक निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदारबाट नेपाली मजदुर कुटिएका छन् । नवलपरासीको रजहरस्थित चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको साइड अफिसमा कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । तलब नपाएको विषयमा छलफल गर्न बोलाएर एक्कासी कुटपिट गरेको नेपाली मजदुरको आरोप छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का एसपी प्रकाश मल्लले […]

बोक्सी आरोपमा वृद्धामाथि निर्घात कुटपिट

१ चैत, विराटनगर । मोरङमा बोक्सीको आरोपमा वृद्धा महिलामाथि निर्घात कुटपिट भएको छ । रतुवामाइ नगरपालिका – २ घर भएकी ६० वर्षीया महिलालाई छिमेकी परिवारका पाँच जनाले कुटपिट गरेका प्रहरीले जनाएको छ । बाँधेर कुटपिट गर्दा वृद्धाको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । शुक्रबार राति कुटिएकी वृद्धा महिलाको कोसी […]

कुटपिट मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ

१९ कात्तिक, सुर्खेत । सुर्खेतमा कुटपिट मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ परेका छन् । तत्कालीन सालकोट गाविसका (हाल पञ्चपुरी नगरपलिका-२) का ५८ वर्षीय मानबहादुर सुनारलाई बर्दियाको बाँसगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । कुटपिट मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत सुर्खेतले २०४७ पुस २६ गते कैद सजायको […]

अभिभावकको माग– छोराहरूलाई देहरादुनबाट सकुशल नेपाल ल्याउन पहल गरिदिनुस्

१४ कात्तिक, काठमाडौं । दसैं टीकाका दिन देहरादुनस्थित शाक्य एकेडेमीमा ५१ नेपाली विद्यार्थी कुटिएपछि चिन्तित बनेका अभिभावकहरूले आफ्ना छोराहरूलाई सकुशल नेपाल फर्काउन आग्रह गरेका छन् । नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले १० कात्तिकमा निर्घात कुटपिट गरेको अभिभावकहरूले बताउँदै आएका छन् । एकेडेमीले पनि गल्ती भएको स्वीकार गरेको […]

देहरादुनमा कुटिएकामध्ये पाँच विद्यार्थी महेन्द्रनगर आइपुगे

१३ कात्तिक, काठमाडौं । दसैं टीकाको दिन देहरादुनमा निर्घात कुटिएका पाँच विद्यार्थी महेन्द्रनगर आइपुगेका छन् । विद्यार्थीहरूको विषयमा छानविन भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । प्रहरी स्रोतका अनुसार पाँचै विद्यार्थी रोल्पाका हुन् । महेन्द्रनगर आइपुगेका पाँच सहित ५१ जनालाई नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे […]

दसैंका दिन देहरादुनमा कुटिए ५१ नेपाली विद्यार्थी !

१२ कात्तिक, काठमाडौं । भारतको देहरादुनस्थित एक आश्रममा अध्ययनरत नेपाली विद्यार्थी निर्घात कुटिएको अभिभावकहरूले बताएका छन् । देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी १० कात्तिकमा कुटिएको उनका अभिभावकहरूले अनलाइनखबरलाई जानकारी दिए । कुटिएकामध्ये ४२ जनालाई चोट लागेको छ । कुटिनेमा सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, रामेछाप लगायत १९ जिल्लाका विद्यार्थी छन् […]

उपप्राध्यापक चलाउनेमाथिको आक्रमण छानबिन गर्न नेविसङ्घको माग   

२३ असोज, काठमाडौं । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले शुक्रबार एक विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरे । ‘शान्तिपूर्ण आन्दोलनमार्फत वार्ताका माध्यमबाट गरिएको सहमति लागू नगर्ने प्रपञ्च रचेर पदाधिकारीको निर्देशनमा उपप्राध्यापकमाथि आक्रमण भएको हो’, उनले […]

प्राध्यापक कुटपिटको विरोधमा उपकुलपति कार्यालय घेराउ

२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक प्रेम चलाउनेमाथि भएको कुटपिटको विरोधमा बिहीबार प्राध्यापकहरुले उपकुलपतिको कार्यालय घेराउ गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनमा आवद्ध ७० भन्दा धेरै प्राध्यापकले ४५ मिनेट उपकुलपति कार्यालय घेराउ गरे । असोज २० गते कीर्तिपुरस्थित विश्वविद्यालयको हाताभित्रै एक समूहले उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेको थियो […]

घरबेटीको कुटाइबाट डेरावालको मृत्यु

२६ भदौ, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए । उनका अनुसार शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेका […]

ट्राफिक प्रहरी जवानलाई निर्घात कुटपिट गर्ने ७ जना छुटे

२२ भदौ, काठमाडौं । निषेधाज्ञाको बेला रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गर्ने ७ जना छुटेका छन् । ६ जनामा कोरोना संक्रमण देखिएको र एकजना दमको बिरामी भएकोले उनीहरुलाई ललितपुर प्रहरी परिसरले सोमबार छाडेको हो । परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले ७ जनालाई हाजिरी जवानीमा छोडिएको जानकारी दिए […]

कुटपिटबाट घाइते मुसहर दम्पत्ति अस्पतालमा बन्धक

१६ भदौ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका– ६ महुलीका शिवचन्द्र सदा र उनकी पत्नी मलियादेवी झण्डै डेढ महिनादेखि विराटनगरको गोल्डेन अस्पतालमा छन् । कुटपिटबाट घाइते भएका यी दम्पत्ति निको भए पनि पैसा नतिरेको कारण देखाउँदै अस्पतालले घर जान दिएको छैन । उनीहरुले उपचारबापत१ लाख ३० हजार रुपैयाँ तिर्नुपर्ने अस्पतालको भनाइ छ । गत साउन […]