Comments Add Comment

तरकारी

List Grid
पोखरामा बाहिरबाट तरकारी र फलफूल ल्याउन रोक लगाइने

११ जेठ, पोखरा । कोरोना संक्रमण रोक्न भन्दै पोखरा महानगरपालिकाले जिल्लाभन्दा बाहिरबाट ल्याउने तरकारी तथा फलफूलमा रोक लगाउने निर्णय गरेको छ । महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको शनिबार बसेको बैठकले बाहिरबाट ल्याइने तरकारी तथा फलफूल पोखरा भित्रिन नदिने निर्णय गरेको हो । समितिका सदस्य सचिव किरण कोइरालाले बाहिरबाट ल्याइने तरकारीबाट कोरोना संक्रमण फैलिने डर […]

ट्रक भाडामा लिएर सरकारले नै गाउँको तरकारी ल्याउनुपर्छ : बिडारी

७ जेठ, काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले किसानले उब्जाएको तरकारी सरकारले किनिदिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले एक हजार भन्दा बढी ट्रक भाडामा लिएर किसानले उत्पादन गरेका फलफूल, तरकारी शहरमा ल्याएर बेच्नुपर्ने बताएका हुन् । ‘ट्रकहरु मजाले बसिरहेका छन् । जनताले पैसा तिरेर खाने हो, गाउँ गाउँमा गएर तरकारी फलफूल जे जे […]

लकडाउनमा कुहियो सिँधुवाको तरकारी

२५ वैशाख, सिँधुवा । लम्बिँदो लकडाउनका कारण सिँधुवाका किसानले लगाएको तरकारी बारीमै कुहिने अवस्था आएको छ । डेढ महिना लामो लकडाउनमा ढुवानीका साधन बन्द हुँदा किसानले तरकारी बजारमा पुर्‍याउन सकेका छैनन् । धनकुटाको छथर गाउँपालिकामा पर्ने सिँधुवा तरकारीको मुख्य पकेट क्षेत्र हो । यहाँको तरकारी भारत र तेस्रो मुलुक समेत निर्यात हुने गरेको छ । […]

गुल्मीमा तरकारी र फलफूलको जाँचपास अनिवार्य

१३ वैशाख, गुल्मी । जिल्लामा बाहिरबाट आउने तरकारी, फलफूल, अन्डा, मासु, कुखुरा, माछालाई विषादी जाँचपास अनिवार्य गरिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण सतर्कता अपनाउन बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लाबाहिरबाट आउने तरकारी, फलफूल मासुलगायतको विषादी जाँचपास अनिवार्य चाहिने निर्णय गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । बैठकले क्वारेन्टाइन चेकजाँच […]

तिलोत्तमामा किसानको तरकारी सीधै उपभोक्ताको घरमा

९ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्र किसानले उत्पादन गरेका तरकारी खेत–बारीबाट उपभोक्ताको घर–दैलोमै पुर्‍याउन थालेको छ । लकडाउनका कारण तरकारी हाटबजार समेत बन्द हुँदा उत्पादित तरकारी बिक्रीमा समस्या भएपछि नगरपालिकाले चार वटा पिकअप भ्यान र एउटा अटो रिक्साको व्यवस्था गरेर हरेक दिन १७ वटै वडाका घर–घरमै तरकारी पुर्‍याउन शुरु गरेको हो । तरकारी […]

कटहरीको तरकारीले बजार पायो, अब विराटनगरमा बेचिने

८ वैशाख, विराटनगर । लकडाउनपछि बिक्री बन्द भएको मोरङ कटहरी गाउँपालिकाको तरकारी सोमबारदेखि विराटनगरमा बिक्री हुन थालेको छ । कृषि सहकारी संघले प्रदेश १ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसंगको छलफलपछि कटहरीको तरकारी विराटनगरमा बिक्री गर्ने व्यवस्था मिलाएको हो । संघका कोषाध्यक्ष राकेश दाहालले मन्त्रालयसंगको छलफलपछि तरकारी तथा फलफुल बजारमा तरकारी भण्डारण गर्ने र कृषकले […]

विराटनगरवासीलाई भारतीय तरकारी, कटहरीको तरकारी बारीमै कुहिदै

३ वैशाख, विराटनगर । मोरङ, कटहरी गाउँपालिका- ४ का कोपिन्द्र सिंहको चार बिघा जग्गामा टमाटर, भन्टा, बन्दा, सिमी, खुसार्नी र काउली बेच्न नमिल्ने गरी छिप्पिसक्यो । २२ दिन लामो बन्दाबन्दीका कारण उनले नजिकैको बजार विराटनगर पुर्‍याउन सकेका छैनन् । ‘तीन बिघामा लगाएको टमाटर त बारीमै कुहिन थालिसक्यो,’ सिंह भन्छन्, ‘गाउँलेलाई जति चाहिन्छ लैजाऊ भन्दा पनि […]

तरकारी किसानको पिरलो : बरु सित्तैमा लिए पनि दिन्थ्यौं

२४ चैत, चितवन । भरतपुर महानगरपालिका-२४ जगतपुरका जनक पुरीले भाडामा लिएको तीन बिघा जग्गामा काँक्रो, भान्टा, बोडी, बन्दा, सिमी, धनियाँ र काउली बेच्नका लागि तयार छ । तर १४ दिन लामो लकडाउनका कारण उनले बजारमा तरकारी पठाउन सकेका छैनन् । पश्चिम चितवन जगतपुरका तरकारी किसान दीपक गुरूङको ६ विघा बारीमा अबको एक सातामा गोलभेंडा टिप्ने […]

महँगियो हरियो तरकारी, तीन गुणासम्म मूल्यवृद्धि

१ असोज, काठमाडौं । मुख्य चाडपर्व नजिकिँदै गर्दा हरियो तरकारीमा अस्वभाविक मूल्य वृद्धि भएको छ । आलु, प्याज, बोडी, करेला जस्ता तरकारीको मूल्य बढ्दा आम उपभोक्ता मारमा परेका छन् । भदौ २५ गते ३८ रुपैयाँ किलो थोक बिक्री भएको तनेबोडीको मूल्य असोज १ गते ९८ रुपैयाँ पुगेको छ । यस्तै, सोही दिन ३३ रुपैयाँमा बिक्री […]

अघिल्लो वर्षको तुलनामा २४४ प्रतिशतसम्म महँगियो तरकारी

७ साउन, काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा नेपालमै उत्पादित ठूलो जातको गोलभे‌ंडाको प्रतिकिलो थोक मूल्य अघिल्लो वर्षको साउन ६ गते ३८ रुपैयाँ थियो । यस्तै सानो गोलभे‌ंडाको मूल्य पनि प्रतिकिलो १८ रुपैयाँ थियो । ठीक एक वर्षपछि कालीमाटी तरकारी बजारमा ठूलो जातको गोलभेंडाको प्रतिकिलो ९८ रुपैयाँ थोक मूल्य तोकिएको छ भने सानो गोलभेंडाको मूल्य […]

तरकारीको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट दर्ता

२४ असार, काठमाडौं । भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता भएको छ । स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले दर्ता गराएको रीटमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्तामाझ विक्री वितरण गर्नुपर्ने […]

फलफूल र तरकारीमा विषादीको प्रयोगले स्वास्थ्यमा पार्ने असर

यतिबेला फलफूल र तरकारीमा प्रयोग हुने हानिकारक विषादीले मानिसहरु विभिन्न रोगको सिकार हुन पुगेका छन् । स्वस्थ खाना स्वस्थ जीवनको आधारभूत आवश्यकता हो । पर्याप्त निन्द्रा, स्वस्थ्य खाना, नियमित व्यायाम र सकारात्मक सोचले हामी धेरै रोगहरुबाट बच्न सक्छौं । तररकारी र फलफूलमा सिंथेटिक कीटनाशकको प्रयोग पहिलोपल्ट सन् १९४० मा भएको थियो । कीटनाशक र विषादीले […]

रोल्पाको तरकारीले बजार पाएन

२६ फागुन, रोल्पा । व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् । जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउनुका साथै निःशुल्क बाड्न बाध्य भएका हुन् । बन्दा, काउली, ब्रोकाउलीजस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा बिक्री नभएपछि ऋणको […]

‘किसानलाई पेन्सन चाहिएन, तरकारी बेच्ने ठाउँ देऊ’

२९ माघ, पोखरा । हेमजाका पीताम्वर त्रिपाठी खेतमा काउली गोड्दैछन् । आलु गोडिसकेपछि उनले त्यहीँ काउली रोपेका थिए, अहिले आलु खन्दा काउली अलि ठूला भइसकेका छन् । यसरी ड्याङमा मिलाएर तरकारी लगाउँदा त्रिपाठीको खेतबारी खाली बस्न पाउँदैन । अहिले आलु खन्ने बेलामा काउली गोडमेल गर्ने बेला भएको छ । २५ वर्षदेखि उनका हात यिनै खेतबारीमा […]

सय रूपैयाँको काउली २० रुपैयाँमै !

८, कात्तिक, चितवन । दशैं सुरु भएयता चितवनमा महंगिएको तरकारी दशैंलगत्तै घटेको छ । चितवनका फलफूल तथा तरकारी थोक व्यवसायी रामराज पाण्डेका अनुसार बजारमा सोह्र श्राद्ध सकिनासाथ तरकारीको मूल्य बढेको थियो । सो बेला बजारमा कुनै पनि तरकारी प्रतिकिलो सय रुपैयाँ घटी पाउनै मुस्किल भएको थियो । तर अहिले बजारमा तरकारीको भाउमा भारी मात्रामा गिरावट […]

काठमाडौंमा तरकारीको मूल्यमा भारी गिरावट

७ कात्तिक, काठमाडौं । दशैं सकिएलगत्तै तरकारीको भाउ हृवात्तै घटेको छ । उत्पादनमा भएको वृद्धि र दशैंका बेला खपत कम भएका कारण तरकारीको भाउमा ठूलो गिरावट आएको हो । तरकारीको भाउ ३० देखि ४० प्रतिशतसम्मले घटेको कालिमाटी फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । दशै शुरु भएसँगै तरकारीको भाउमा उल्लेख्य गिरावट आएको […]

दशैं सकिएपछि तरकारीको भाउ घट्यो

७ कात्तिक, काठमाडौं । दशैं सकिएलगत्तै तरकारीको भाउ हृवात्तै घटेको छ । उत्पादनमा भएको वृद्धि र दशैंका बेला खपत कम भएका कारण तरकारीको भाउमा ठूलो गिरावट आएको हो । तरकारीको भाउ ३० देखि ४० प्रतिशतसम्मले घटेको कालिमाटी फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । दशै शुरु भएसँगै तरकारीको भाउमा उल्लेख्य गिरावट आएको […]

दशैंको मुखमा तरकारीमा ७२ प्रतिशतसम्म मुल्यवृद्धि

१६ असोज, काठमाडौं । सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैंको मुखमा तरकारी महंगिएको छ । केही दिनयता धेरै तरकारीको भाउ उकालो लागेको छ । विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव आफैं बजार अनुगमनमा निस्केका थिए । उनीहरुले उपभोक्ताको पक्षमा चर्का भाषण पनि गरे । […]

दशैंको मुखमा महंगियो तरकारी, एक महिनामै ७२ प्रतिशतसम्म मूल्यवृद्धि

१६ असोज, काठमाडौं । सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैंको मुखमा तरकारी महंगिएको छ । केही दिनयता धेरै तरकारीको भाउ उकालो लागेको छ । विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव आफैं बजार अनुगमनमा निस्केका थिए । उनीहरुले उपभोक्ताको पक्षमा चर्का भाषण पनि गरे । […]

मोरङका अगुवा किसानको लक्ष्य-तरकारी खेतीबाटै कार

१ माघ, विराटनगर । मोरङ कटहरीका कोपिन्द्र सिंहले स्नातकसम्म पढेका छन् । ३४ वसन्त पार गर्दै गर्दा उनले सरकारी/निजी कुनै क्षेत्रको जागीरमा आफूलाई अल्झाएनन् । बरु, तरकारी खेतीको स्वरोजगारीले सिंहलाई लखपति बनाएको छ । उनले व्यावसायिक खेती थालेको पाँच वर्ष बित्यो । त्यसअघिका चार वर्ष उनले मलेसियामा बिताए । फर्केपछि दुई कठ्ठामा तरकारी खेती थाले […]

बिचौलियाले फेरि बढाए तरकारीको भाउ

३० पुस, काठमाडौं । गत शुक्रवार प्रतिकिलो ८५ रुपैयाँमा पाइएको घिउसिमीलाई शनिबार १०५ रुपैयाँ पर्‍यो । आइतबार त किलोको खुद्रा मूल्य ११५ रुपैयाँ पुगेको छ । जबकि अघिल्लो आइतबारसम्म प्रतिकिलो घिउसिमीको मूल्य ६५ रुपैयाँ मात्र थियो । अर्थात करीव एक साताको अवधिमा घिउसिमीको मूल्य झण्डै ७७ प्रतिशतले बढेको छ । कालिमाटी तरकारी तथा फलफूल विकास […]