Comments Add Comment

नेपाल चेम्बर अफ कमर्स

List Grid
नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

२६ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड-१ बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई ध्यानमा राख्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ । कोभिड-१९ का कारण गम्भीर बिरामी अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँग सहकार्यमा […]

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित

२७ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत […]

नेपाल चेम्बर अफ कमर्समा ५५ सदस्यीय कार्यसमिति निर्विरोध चयन

२२ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ५५ सदस्यीय कार्यसमिति सदस्य सर्वसम्मत चयन भएका छन् । चैत २८ गते हुने निर्वाचनका लागि ५५ पदमा ६१ जनाको उम्मेदवारी परेकोमा सहमतिमै ६ जनाले उम्मेदवारी फिर्ता लिएपछि सबै कार्यसमिति सदस्य सर्वसम्मत भएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । चेम्बरको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले बिहीबार साँझ प्रकाशित […]

व्यवसाय दर्ताको झञ्झटिलो प्रक्रिया अन्त्य गर्न चेम्बरको आग्रह

२० फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसाय दर्तामा रहेको झन्झटिलो प्रक्रिया अन्त्य गर्न आग्रह गरेको छ । अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको टोलीले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा व्यवसाय दर्ता र कर तिर्ने काम एकद्वार प्रणालीबाट गर्न आग्रह गरेको हो । ‘उद्योग तथा व्यवसाय सञ्चालन गर्न सरकारका […]

मुलुकले अब कुनै हालतमा लकडाउन झेल्न सक्दैन : चेम्बर अफ कमर्स

२१ साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अब लकडाउन मुलुकले झेल्न नसक्ने बताएको छ । लकडाउनको त्रास बजारमा सुरु भईसकेको भन्दै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना साबधानी कडाईकासाथ लागू गर्न तर लकडाउन नगर्न सरकालाई आग्रह गरे । अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै उनले लकडाउन लगाउन प्रधानमन्त्रीलाई सुझाब दिने विज्ञहरुमा अर्थतन्त्रको चिन्ता नलाग्नु दुखःद भएको बताए […]

कृषिमा जापानी प्रविधि भित्र्याउन टोकियो युनिभर्सिटीसँग सम्झाैता

२१ मंसिर, काठमाडाैं ।  नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे सम्झौता भएको छ । सम्झौता अनुसार जापानको टोकियो युनिभर्सिटीमा कृषि प्रविधि अध्ययनरत विद्यार्थीले चेम्बर अफ कमर्समा आबद्ध कृषि फार्ममा प्रशिक्षार्थीका रुपमा काम गरी आधुनिक प्रविधि हस्तान्तरण गर्नेछन् । […]

नेपाल र म्यानमारका वाणिज्य संस्थाबीच व्यापार सम्झौता

१६ मंसिर, काठमाडौं । नेपाल र म्यानमारका चेम्बर अफ कमर्सबीच द्वीपक्षिय व्यापार सम्बन्धी समझदारी भएको छ । ‘नेपाल चेम्बर एक्स्पो २०१८’ को सन्दर्भ पारेर नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्री बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट उपाध्यक्ष नरेश […]