Comments Add Comment

बाढी पहिरो

List Grid
गृहमन्त्रीले लिए सात जिल्लाका सीडीओबाट बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी

२१ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई टेलिफोन गरेर जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् । उनले निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेकाहरूलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले रोल्पाका […]

कास्की र तनहुँको पहिरोबारे गृहमन्त्रीले लिए सीडीओसँग जानकारी

१७ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् । बिहीबार उनले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग लगातारको वर्षातपछिको पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका हुन् । यस्तै दाङमा बिहीबार बिहान भएको कार दुर्घटनाबारे प्रमुख जिल्ला […]

बाढी-पहिरोको असर : गण्डकीका ग्रामीण भेगमा खाद्यान्न ढुवानीमा सकस

१५ भदौ, पोखरा । मनसुनको शुरुवातमै आएको बाढी पहिरोले गण्डकी प्रदेशभरमै मनाङ जिल्लाले ठूलो क्षति व्यहोर्‍यो । मानवीय नभए पनि अर्बौंको भौतिक क्षति मनाङले व्यहोर्‍यो । बाढी पहिरोकै कारण जिल्लाका मुख्य सडकहरु भत्किए भने दर्जन बढी झोलुंगे पुल पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगे । बाढी पहिरोले मनाङलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सडकमा क्षति पुगेकाले त्यहाँ […]

पछिल्लो ३ दिनमा बाढी-पहिरोबाट ९ जनाको मृत्यु, ४ जना बेपत्ता

१३ भदौ, काठमाडौं । अविरल वर्षापछिको बाढी, पहिरो र डुवानका कारण पछिल्लो ३ दिनमा ९ जनाको मृत्यु भएको छ, ४ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० देखि परेको अविरल वर्षापछिको विपदका कारण ५ जना घाइते भएका छन् र ४२ घर पूर्ण रुपमा क्षति भएको छ । […]

अविरल वर्षाका कारण कहाँ के–के भयो ? गृहमा विपद व्यवस्थापन बैठक

११ भदौ, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १० जिल्लामा क्षति पुगेको छ । पहिरोका कारण २ जना बेपत्ता र एकजना घाइते छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-४ मा परिहो जाँदा एक घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनामा एकै परिवारका तीनजना बेपत्ता छन् […]

बाढीले सडक भत्काएपछि नयाँ ट्रयाक बनाएर जोडिँदै माथिल्लो मनाङ   

५ भदौ, मनाङ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको छ । स्थलमार्ग अवरुद्ध भएपछि आवतजावत पूर्ण रुपमा बन्द छ । धेरै स्थानमा सडक सञ्जालबाट छुटिएको मनाङलाई जोड्नका लागि नयाँ ट्रयाक बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘मनाङको लाइफलाइनका रुपमा […]

विद्युत् अभावले मनाङमा अस्पतालकै सेवा अवरुद्ध

२८ साउन, मनाङ । बाढीपहिराका कारण मनाङमा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ । गत असार १ गते आएको बाढीपहिराले विद्युत् आपूर्ति अवरुद्ध गराएकाले सर्वसाधारणलाई सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएको हो । विद्युतको अभाव र सौर्य ऊर्जा पनि जडान नहुँदा स्वास्थ्य तथा अन्य सेवाबाट मनाङवासी वञ्चित हुँदै आएका छन् । जिल्ला अस्पतालका जनस्वास्थ्य […]

मनाङमा बाढी पहिरोको असर : गाउँपालिका नै अर्को जिल्लाको शरणमा !

२६ साउन, पोखरा । मनसुनको सुरुवाती समयमा आएको बाढी–पहिरोले भवनमा क्षति पुर्‍याएपछि मनाङको नासों गाउँपालिकाले लमजुङको बेंशीसहरमा अस्थायी कार्यालय राखेको करिब २ महिना पुगेको छ । हिजोआज मर्स्याङ्दी नदीमा पानीको बहाव केही घटेको छ तर गाउँमै फर्किएर सेवा दिन समस्या भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । नासोंमा एक गाउँबाट अर्को गाउँ जाने बाटो र […]

वर्षेनी बढ्दै प्राकृतिक विपत्तिका घटना  

१७ साउन, काठमाडौं । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्यांक हेर्दा २०७२ सालसम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकोमा पछिल्ला केही वर्ष (२०७५–२०७७)मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिए । बाढीका कारण हुने मानवीय क्षति घटे पनि […]

सार्वजनिक यातायात खुले, खुलेनन् सडक

५ साउन, म्याग्दी । कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुन सकेका छैनन् । पहिराले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिराले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री […]

कांग्रेसले बाढी पहिरो पीडितलाई प्रतिपरिवार २५ हजार दिने

३१ असार, काठमाडौं । नेपाली कांग्रेसले २०७८ वैशाखदेखि यताका बाढी पहिरो पीडितलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने भएको छ । बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले तत्कालका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको समितिका संयोजक मोहन बस्नेतले जानकारी दिए । बाढी पहिरो पीडितको उद्धार तथा […]

पाल्पामा पहिरोले ६ घर पुरिए, एक जनाको मृत्यु, चार वर्षीय बालक बेपत्ता

२४ असार, काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाइते छन् । तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको भनेर स्थानीयले सूचना दिएको प्रहरीले […]

बाढीले घर बगाउँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

२३ असार, म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मङ्गला गाउँपालिका-५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गरेर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका-६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले […]

बाढी पहिरोबाट पुलमा पुगेको क्षति अध्ययन गर्न कार्यदल गठन

२२ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी पहिरोबाट सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ । उक्त समितिलाई आगामी साउन ७ गतेभित्र सिफारिस पेश गर्न भनिएको छ । समितिले अविरल वर्षाका कारण […]

नेपालको घाउमा तास्मानियाका नेपालीहरुको ‘मल्हम’

तास्मानिया । नेपालमा कोभिड-१९ र बाढी पहिरो प्रभावितहरुका लागि अष्ट्रेलियाको तास्मानिया राज्यमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन्। तास्मानिया राज्यका शहरहरु होबार्ट, लन्चेस्टनमा बस्ने नेपालीहरुले स्वतस्फूर्त ढंगले आयोजना गरेका च्यारिटी कार्यक्रमहरुबाट उठेको करीब ७ लाखभन्दा बढी रुपैयाँ नेपालमा कार्यरत विभिन्न गैरनाफामुखी संस्थाहरुमार्फत सहयोग गरेका हुन् । तास्मानियाको दोश्रो ठूलो शहर लन्चेस्टनमा रहेका नेपालीहरुले आयोजना गरेको […]

मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो

१८ असार, गोरखा । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । गोरखा नगरपालिका-१४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका-२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ । ‘तनहुँको एक्लेफाँटतर्फ जिप राखेको जमीन भासिएर पुलको दुवै पोल नदिमा पुगेको छ’ गोरखा नगरपालिका वडानम्बर १४ का अध्यक्ष […]

बाढी पहिरोबाट १८ दिनमा ३२ जनाको मृत्यु, २९ बेपत्ता

१८ असार, काठमाडौं । जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यो १९ दिनको अवधिमा २९ जनाको अवस्था अज्ञात छ । यही अवधिमा १६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति […]

तनहुँमा बाढीपहिरो : दुई जनाको मृत्यु, २६ परिवार विस्थापित

१७ असार, पोखरा । बन्दीपुर गाउँपालिका उपप्रमुखको टोली बुधबारमात्रै विभिन्न क्षेत्रमा अनुगमनका लागि गएको थियो । अनुगमनका क्रममा बन्दीपुर-३ तामुङको एक घर पहिरोको उच्च जोखिममा देखियो । घरमाथिबाट पहिरो आउन सुरु गरेर बाटोमा रोकिएको थियो । पहिरोको उच्च जोखिममा केही घर थिए । ‘माथि बाटोमै आएर पहिरो रोकिएको थियो । त्यतिबेलै यहाँ नबस्नुस् आफन्तको गएर […]

कांग्रेसले बाढी र पहिरोबाट मृत्यु भएका परिवारलाई २५ हजार दिने

१५ असार, काठमाडौं । नेपाली कांग्रेसले बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई २५ हजार रुपैयाँ दिने भएको छ । कांग्रेसले वैशाख यता बाढी र पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई नगद रकम दिने भएको हो । कांग्रेस केन्द्रीय समितिद्वारा गठित बाढी–पहिरो विपद् व्यवस्थापन समितिका संयोजक मोहन बस्नेतले मंगलबार एक विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग गर्ने […]

हेपिएको हेलम्बु

७ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटादेखि सरकारका मन्त्रीसम्मको लस्कर छ मेलम्ची बजारमा । तर, सबैभन्दा बढी मानवीय क्षति भएको हेलम्बु गाउँपालिकामा चाहिं कमैको नजर परेको छ । अघिल्लो मंगलबार राति आएको बाढीले एक जनाको मृत्यु र १५ जना बेपत्ता बनाएको हेलम्बु गाउँपालिकामा अहिलेसम्म प्रशासनको पाइला परेको छैन । हेलम्बु–२, ज्यामिरेका डम्बरबहादुर भण्डारी भन्छन्, ‘हाम्रो […]

बाढी-पहिरोले मादीका हाइड्रोमा अर्बौंको क्षति

५ असार, पोखरा । गत चैत महिनामा पोखरामा भएको एक कार्यक्रममा बोल्दै मादी गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ ‘श्याम’ले भनेका थिए, ‘ऊर्जाको नाममा गाउँगाउँ पस्ने हाइड्रो योजनाले प्राकृतिक सुन्दरता मात्रै बिगारेको छैन । विपद् निम्त्याउनेवाला छ ।’ गाउँगाउँमा हाइड्रोको योजना ल्याउँदा स्थानीय तहसँग समन्वय नगर्ने र ‘माथिबाटै सीधै’ सम्झौता गरेर आउँदा आफूहरुको अधिकारसमेत खोसिएको उनले बताएका […]