Comments Add Comment

भाटभटेनी

List Grid
दिउँसो पसल खोलेको आरोपमा भाटभटेनीलाई ४ लाख जरिवाना

२४ जेठ, काठमाडौं । निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन् । सरकारले केहीअघि जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा आदेश उल्लंघन भए […]

दिउँसो पसल खोलेको आरोपमा भाटभटेनीका म्यानेजर पक्राउ

२४ जेठ, काठमाडौं । निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् । दिउँसो पनि खुला […]

भाटभटेनीलाई तीन लाख जरिवाना

९ साउन, काठमाडौं । म्याद नाघेको पिउउने पानी बिक्री गरेको भन्दै भाटभेटेनी सुपर मार्केटलाई वाणिज्य विभागले जरीवाना गरेको छ । भाटभटेनीको हनुमानस्थान शाखालाई म्याद नाघेको पानि बिक्री गरेको कशुरमा जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । म्याद सकिएको बेली नामको पानी बिक्री गरिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनुचित […]

भाटभटेनीको भिडलाई छुट, मलहरूमा पसल खोल्न पनि निषेध !

८ असार, काठमाडौं । ‘यस्तो भिड हुन्छ भन्ने थाहा पाएको भए यहाँ आउने नै थिइनँ,’ अनामनगरको भाटभटेनी सपिङ कम्प्लेक्सबाट दुई झोला सामान लिएर निस्कका एक वृद्ध भुत्भुताउँदै थिए । मैतीदेवीमा बस्ने यी वृद्ध लकडाउनमा करिब ३ महिनासम्म घरभित्रै थुनिएर बसे । निजामती सेवाबाट अवकाश पाएको बताउने उनी अनुशासनपूर्वक लकडाउन पालना गरे पनि त्यसको उपलब्धि केही […]

मदिरा व्यवसायी भन्छन्- भाटभटेनीले रक्सी बेच्यो, सरकार भन्छ- समात्छौं !

३० वैशाख, काठमाडौं । लकडाउनका बेला सुपरमार्केटहरुबाट मदिरा बिक्री गरिएकोे तर, साना पसलहरुलाई रोकिएको भन्दै मदिरा व्यवसायीहरुले सरकारको आलोचना गरेका छन् । देशभरका मदिरा व्यवसायीहरुको छाता संगठन नेपाल मदिरा व्यवसायी महासंघले सुरक्षा उपाय अपनाएर मदिरा व्यवसाय सञ्चालन गर्न दिन सरकारको वैशाख २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् । मार्ट र सुपर […]

महँगोमा सामान बिक्री गरेपछि भाटभटेनीलाई जरिवाना

१५ वैशाख, काठमाडौं । वाणिज्य विभागले टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्तालाई अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढीमा सामान बिक्री गरेको भन्दै सोमबार जरिवाना गरिएको विभागले जनाएको छ । उपभोक्तालाई बढी मूल्यमा बस्तु बिक्री गरेको गुनासो आएपछि सोमबार विभागले सुपर मार्केटमा अनुगमन गरेको थियो । कैफियत फेला परेपछि उपभोक्ता संरक्षण […]

भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर

२८ पुस, काठमाडौं । सर्वोच्च अदालतले  भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गरेको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सलगायतका फर्म र कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गर्दै राजस्व न्यायाधीकरणको फैसला सदर गरेको हो । सर्वोच्चले अरुण […]

बालुवाटारको जग्गामा भाटभटेनी सञ्चालकको ‘कनेक्सन’

२६ वैशाख, काठमाडौं । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा प्रकरणमा मुछिनेहरुको पर्दाफास हुने क्रम जारी छ । यसैक्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको पनि यो प्रकरणमा ‘कनेक्सन’ देखिएको छ । सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति/मुआब्जा दिएर खरिद गरेको २८४ रोपनी मध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र […]

बालुवाटारको जग्गामा भाटभटेनी सञ्चालकको ‘कनेक्सन’

२६ वैशाख, काठमाडौं । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा प्रकरणमा मुछिनेहरुको पर्दाफास हुने क्रम जारी छ । यसैक्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको पनि यो प्रकरणमा ‘कनेक्सन’ देखिएको छ । सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति/मुआब्जा दिएर खरिद गरेको २८४ रोपनी मध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र […]