+
+

ज्योतिषीका अन्तरर्वाताकार र स्वस्ति शान्ति गर्ने सेनालाई के भन्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ८ गते ८:५६

army pooja

नेपाली समाजमा रुढीवाद व्याप्त छ  । पानी परेन भने भ्यागुताको बिहे गर्नेदेखि लिएर हात हेरेका आधारमा निर्णयहरु गर्ने प्रचलनलाई वैज्ञानिक तथ्यसंगत मान्न सकिँदैन । तर, यसपालिको भूकम्पमा यस्तै रुढीवादलाई राज्य तहबाटै प्रश्रय दिएको पाइयो ।

भूकम्पको पीडाबाट पार पाउने भन्दै नेपाली सेनाले संस्थागतरुपमै स्वस्ति शान्ति पूजा गरेर प्रसाद वितरण गर्‍यो । अर्कोतर्फ प्रत्येक बिहान ज्योतिषीलाई टेलिभिजनको स्क्रिनमा उभ्याएर ग्रहदशा एवं राशीफलको माध्यमले रुढीवादको प्रचार गर्दै आएका केही टीभीहरुले समेत भूकम्प आउँछ कि आउँदैन भनेर ज्योतिषीको अन्तरवार्ता लिने काम गरे । त्यस्ता ज्योतिषी पक्राउ पनि परे ।

भूकम्पको जोखिमका बेला गरिएको यस्तो क्रियाकलापलाई कसरी लिने ?

१. धर्म र ज्योतिष विद्यामा आस्था राख्न नागरिकलाई स्वतन्त्रता छ । तर, राज्यका निकायहरुबाट चाँहि विज्ञानसम्मत व्यवहार गरिनुपर्छ, रुढीवादलाई प्रश्रय दिनुहुँदैन ।

२. ज्योतिष र ब्राह्मणको पेशा-व्यवसाय नै यस्तै बेलामा फस्टाउँछ । यसलाई अन्यथा नमानौं ।

३. हामी पछाडि परेकै यस्तै रुढीवादी सोचाइले हो । स्वस्ति शान्ति गरेर भूकम्प भाग्दैन । पूजाआजामा गर्ने फजुल खर्च नेपाली सेनाले वैज्ञानिक खोज तथा अनुसन्धानतिर लगाएको भए राम्रो हुन्थ्यो । प्रसाद बाँड्ने खर्चले मुग्लिनमा पहिरो जान्छ कि जाँदैन भन्ने अनुसन्धान गरेको भए हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment