+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
64/2 (10.6)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

तराई बन्द जारी रहे उपत्यकाको खाद्यान्नले १५ दिनसम्म मात्र पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ७ गते ७:१६

७ भदौ, काठमाडौं । संविधान निर्माणमा असन्तुष्टि राखेर तराईसहितका विभिन्न ठाउँमा आन्दोलन भए पनि अहिलेसम्म उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति सामान्य छ । तर, अझै केही दिन बन्द कायम रहे खाद्यान्न, इन्धनलगायतको आपूर्तिमा केही समस्या हुने सम्भावना छ ।

फाइल तस्वीर
फाइल तस्वीर

व्यवसायीका अनुसार हाल उपत्यकालाई आवश्यक पर्ने खाद्यान्न मौज्दात समग्रमा १५ दिनलाई पुग्ने छ । ‘उपत्यकाका गोदाममा एक महिनालाई पुग्ने चामल छ,’ खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘तत्काललाई आत्तिहाल्नुपर्ने अवस्था छैन । अन्य खाद्यान्न पनि १५ दिनजतिलाई पुग्छ ।’

उपत्यकामा खपत हुने ठूलो परिमाणको चामल वीरगन्ज, भैरहवा र विराटनगरबाट आपूर्ति हुने श्रेष्ठले बताए । यी जिल्लाबाट सोना मन्सुली र जिरा मसिनो चामल आपूर्ति हुन्छ, जुन उपत्यकाका ५० र ३० प्रतिशतले खपत गर्ने उनको भनाइ छ । उनका अनुसार भारत, थाइल्यान्ड र भियतनामको चामल पनि तराईको बाटो हुँदै उपत्यकामा आउँछ । यसरी आउने चामलको उपत्यकाको बजारमा २० प्रतिशत हिस्सा रहेको नयाँ पत्रिकामा खबर छ ।

मौज्दात खाद्यान्न १५ दिनलाई पुग्ने रहे पनि तराईमा आन्दोलन जारी रहेकाले सरकारले स्कर्टिङ गरी ढुवानीलाई प्राथमिकता दिनुपर्ने श्रेष्ठले बताए । ‘खाद्यान्नजस्तो अत्यावश्यकीय वस्तु असहज हुन नदिन सरकारले अहिलेदेखि नै ध्यान दिनुपर्छ,’ उनले भने, स्कर्टिङ गरी ढुवानी गर्नेबारे सोचिहाल्नुपर्छ, ढिला गर्नुहुँदैन ।’

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका योजना अधिकृत विनय श्रेष्ठका अनुसार तराईको तनावले उपत्यकामा तरकारी आपूर्तिमा भने ठूलो समस्या देखिएको छैन । धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोकको तरकारी आपूर्ति भइरहेको र उपत्यकाको माग धानिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?