+
+
WC Series
चितवन राइनोज 2025
22/3 (5.4)
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

भोजपूरी उखान सुनाउँदै माधव नेपालले भने-म खाँटी मधेसी हुँ

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ११ गते १५:५३

११ असोज,काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलापछि एमाले संविधान बोकेर तराई मधेस पस्ने दावी गरेका छन् ।

Madhav kumar nepalमंगलबारदेखि काठमाडौंमा शुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा एमाले प्रचार बिभागद्धारा सोमबार आयोजित कार्यक्रममा नेपालले भने-‘जनतालाई केही आन्दालनकारीले भ्रम फैलाएका छन्, अब हामी भ्रम चिर्न जान्छौं ।’

मञ्चमा करीव आधा दर्जन मधेसी र थारु सभासद तथा नेताहरुलाई राखेर पत्रकारसँग प्रस्तुत भएका नेपालले आफू खाँटी मधेसी भएको बताए । ‘म गौरको पियोर मधेसी हुँ, हामी संविधान निर्माणमा व्यस्त भएका बेला मैदानमा एकल खेलाडी भएकाहरुले जनतामा भ्रम फिँजाए’ नेपालले भने ।

नेपालसँगै मञ्चमा मधेसी सभासदहरु डा.वंशीधर मिश्र, नागेन्द्र चौधरी, रन्जना सरकार, आशा यादव, लालबाबु यादव र पूर्व सभासद सरला यादव उनी खाँटी मधेसी भएकोमा समर्थन जनाउँदै थिए ।

नेपाल तीन पुस्तादेखि नै गौरका वासिन्दा हुन् । उनले पत्रकार सम्मेलनमा मधेसवादी दलहरु संविधान निर्माण प्रक्रियाबाट बाहिर रहे पनि ढिलोचाँढो सही बाटोमा आउने बताउँदै भोजपूरी उखान समेत सुनाए ।  ‘हाम्रो तराइ मधेशमा भोजपूरीमा उखान छ-सुबहके भुलाइल अगर सामके घर लौट गइल त ओकरा भुलाईल न कहल जाला’ नेपालले अथ्र्याउँदै भने-‘बिहान हराएको मानिस साँझ घर फर्कियो भने उसलाई हराएको भनिँदैन ।’

रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद समेत रहेका नेपालले संविधानमा मधेसीलाई कहिँ कतै भेदभाव नगरिएको बताए । उनले भने-निर्वाचन क्षेत्र लगायत कतिपय राजनीतिक मागहरु संशोधनबाट सम्बोधन हुने भनिएको छ ।’

UML

नयाँ संविधानलाई सबै मधेसी र थारुहरुले अस्वीकार गरे भनेर भ्रमपूर्ण प्रचार गरिएको नेपालले बताए । ‘तराईका १ सय १६ प्रत्यक्ष निर्वाचित सभासद मध्ये १०५ जना सभासदले हस्ताक्षर गरेका छन्’ नेपालले भने-‘११ जनाले हस्ताक्षर गरेनन् भन्दैमा सबै तराई मधेस बिरोधमा छ भन्न मिल्छ ?’

मधेस आन्दोलनकारीले अब मधेसी जनताले नागरिकता पाउँदैनन्, सांसद मन्त्री हुन पनि पाउँदैनन् भनेर भ्रम सिर्जना गरिएको भन्दै उनले त्यसलाई चिर्न एमाले तराई मधेस झर्न लागेको बताए । नेपालले भने-हामी झडप गर्न होइन, जनतालाई बुझाउन जाने हो । एमालेका कोही पनि कार्यकर्ता आन्दोलनमा छैनन्, त्यस बापत हाम्रा कार्यकर्ताले बिभिन्न खाले आक्रमण झेलिरहेका छन् ।’

कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले मधेसमा अनेक खाले हौवा खडा गरिएकाले त्यसलाई चिर्न अब एमाले सशक्त ढंगले मधेस पस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?